‘नवदलाल बिसर्जनवादी हर्कतबाट देशलाई मुक्त गर्न नेपाली बिशेषताकाे समाजवाद अनिबार्य’

२०८३ जेष्ठ २३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले साम्राज्यावादी हस्ताक्षेप र नवदलाल बिसर्जनवादी हर्कतबाट देशलाई मुक्त गर्न नेपाली बिशेषताकाे समाजवाद अनिबार्य भएको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुर्खेतद्वारा यहि जेठ १६ गते आयोजित राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलाे बिचलनहरु आएको र त्यसबाट पृथक बनाउनका निम्ति नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पुनर्गठन गरेको बताए । उनले कम्युनिस्ट पार्टी देश र जनताको मुक्तिको निम्ति संङघर्ष गर्ने पार्टी हुनु पर्ने बताउदै अरु नक्कली कम्युनिस्ट भन्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) फरक पार्टी भएको ठोकुवा गरे । उनले भने- ‘यो किन भन्दै छौ भने बाहिर संसदवादी पार्टी र हामिलाई उस्तै हुन भन्ने भ्रम छ। त्यो भ्रमबाट मुक्त हुनु पर्छ। देश र जनताको मुक्तिको निम्ति हरेक आवश्यकता पूरा गर्ने पार्टी बन्नु पर्छ । त्यसैले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) अरु भन्दा फरक हो र संसदवादी पार्टी जस्तो होईन ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कम्युनिस्टहरु बिग्रेर गए पछि देश र जनताले दुख पाउने बताउदै २०६२-६३ साल पछि यहि समस्या माओवादी पार्टीमा आएको र त्यस बाट बाहिर निकल्न पार्टी नेपाल् कम्युनिस्ट माओवादी अग्रसर रहेको ठोकुवा गरे। उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) देश र जनताको प्रतिनिधित्व गर्ने पार्टी भएको बताउदै क्रान्ति सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले क्रान्ति भनेको देश र जनताको पक्षमा हुने बताउदै जनता बिरोधि साम्राज्यवादसंग निरन्तर लडी रहने बताए। उनले गत फागुन २१ गते सम्पन्न भएको प्रातिनिधि सभा निर्वाचनमा साम्राज्यवादीहरुलाई हमला गर्न चुनावी मोर्चा र कार्यक्रम घोषणा गरेको बताउदै त्यसलाई एकीकृत जनक्रान्तिकाे एक माेर्चा बनाएर हस्ताक्षेप गरेको ठोकुवा गरे । उनले भने- ‘दुनियाँमा क्रान्तिका माेर्चा खाेल्नु हुन्छ भने त्यो साम्राज्यवादसंग लडने माेर्चा हुन्छ । यो कुरा कि त लेनिनले बुझनु भएको थियोे कि त अहिले हाम्रो पार्टी र हामीले बुझेका छौँ।’
यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले गत निर्वाचनमा आएको नतिजा सत्य नभएको र पार्टीको जनआधार भन्दा फरक भएको बताए । उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जनतालाई मुक्ति दिने पार्टी भएका कारण पार्टीका नेता तथा कार्यकर्ता हरेक चुनाैति लाई सामाना गर्न तयार हुनु पर्ने बताए। उनले चुनावी माेर्चाबाट साम्राज्यवादलाई नेपालमा जे गर्न खाेजेका थियो त्यसको पर्दाफास गरेको बताए।
प्रवक्ता प्रकाण्ड सीले लडाईमा भएको पार्टीले थुप्रै मोर्चाहरुमा हारको समाना गरेर अन्तिममा जित्नु पर्ने तथ्य प्रस्तुत गर्दै यो क्रान्तिको नियम नै भएको बताए। उनले समय र गतिलाई पक्डेर समाजकाे मागलाई पुरा गर्ने सहि बिचार र नेतृत्व चाहिने र त्यो नेपाल कम्युनिस्ट पार्टी (माओवादी) संग मात्र भएको बताए। उनले देश र जनताको समस्यालाई प्रधान बनाएर काम गर्ने नेता नभएपछि देशमा समस्या आएको बताए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जेनजी बिद्रोहपछि नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने र नेपाली जनतालाई आफ्नो अधिनस्तमा राख्ने साम्राज्यवादकाे रणनीति भएको बताउदै त्यो कुरा संसद्वादी दल र तिनका नेता केपी र प्रचण्डले नबुझेपछि घटना घटेको बताए। उनले
घटना घटी सकेपछि शिक्षा लिनु भन्दा घटना घट्नु अगाडि आउने चेतना नेतृत्वमा हुनु पर्ने बताए । उनले अहिले बिश्वमा आफू सत्तामा आउनका निम्ति जे जे बाधक थिए ती सबैलाई सखाप पारेर साम्राज्यवाद आएको छ अहिले नेपालमा त्यही भएको ठोकुवा गरे ।

प्रतिक्रियाहरु

[anycomment]