प्रधानमन्त्री बालेनको मुस्ताङ्ग भ्रमण शंकास्पद !

२०८३ भाद्र ८ गते, सोमबार

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) गत शुक्रबार बिहानै पोखरातर्फ लागे। तर, प्रधानमन्त्री कहाँ, किन र कति समयका लागि पोखरा जाँदैछन् भन्नेबारे सुरक्षा निकाय नै अनभिज्ञ देखिएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँबाट पोखरा, बेनी–जोमसोम सडकमार्ग हुँदै आफैँ गाडी हाँकेर जोमसोम पुगेका थिए । भ्रमणका क्रममा उनले मुक्तिनाथ मन्दिरको दर्शन गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमण टोली हिँड्नुअघि कास्की र मुस्ताङका स्थानीय सुरक्षा निकाय तथा जिल्ला प्रशासनलाई पूर्व औपचारिक सूचना/अध्यावधिक तालिका नदिइएकाले यो भ्रमण रहस्यमय र शंकास्पद मानिएको छ ।
अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (Public Affairs Chief) माइक जे. हार्कर (Mike J. Harker) ले भर्खरै मुस्ताङका गुम्बाहरूको भ्रमण लगत्तै प्रधानमन्त्री बालेन शाह पनि लोमान्थाङ र लो घेकर गुम्बा पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण र शंकास्पद रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर सार्वजनिक रूपमा चासो बढिरहेका बेला प्रधानमन्त्री कार्यालयले भने यसलाई सरकारी वा औपचारिक भ्रमण नभई निजी भ्रमणका रूपमा व्याख्या गरेर पन्छिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]