नेकपा(माओवादी)भोटेकोशी बाढीवाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा सक्रिय
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नुवाकोटको त्रिशूली र देविघाटस्थित भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको संरचना पुनर्निर्माण र घरवारविहीनका लागि आवासीय संरचना निर्माणमा जुटेको छ। सो पार्टी बुधबार देखि दुईवटा क्षेत्र देबिघाट र त्रिशूलीमा छुट्टाछुट्टै दुईवटा समुह बनाई जनताका आवासीय संरचना निर्माणमा खटिएको हो। माओवादीले बाढीले घर,आवास क्षतिग्रस्त बनाईएका संरचना पुनर्निर्माण र घरवारविहीनका लागि आवास निर्माण गर्ने जनाएको छ।
सो पार्टीले नेकपा(माओवादी) का बागमती प्रदेश इन्चार्ज माईला लामाको नेतृत्वमा नुवाकोटमा बाढी प्रभावित क्षेत्रमा जनताको सेवामा खटिएको जनाएको छ। उक्त उद्वार र पुनर्निर्माण कार्यमा नेकपा माओवादी बागमती प्रदेशसँगै पार्टी निकट विद्यार्थी संगठन अखिल(समाजवादी) पनि जुटेको छ।
माओवादीले राहत,उद्वार र पुनर्निर्माण कार्य सँगसँगै अगाडि बढाउने र अभियान निरन्तर जारी रहने बताएको छ।
