नेप्से २२.८५ अंकले बढ्यो

२०८३ आश्विन २ गते, शुक्रबार

काठमाडौँ । नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेर रोकिएको छ । सूचकसँगै कारोबार रकम पनि सामान्यले बढेको छ । बिहीबार ६ अर्ब ६५ करोडको सेयर कारोबार गरेका लगानीकर्ताले शुक्रबार ६ अर्ब ७४ करोडको कारोबार गरेका हुन् । फाइनान्स र अन्य समूहको उपसूचक घटे पनि अरु समूहको सेयर सामान्यले बढेको छ । कारोबारमा आएका ३४५ कम्पनीमध्ये १९६ वटाको मूल्य बढेको छ भने ७४ वटाको घटेको हो । बाँकी ९ वटाको स्थिर रह्यो ।
स्नो रिभर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयरमूल्य १३.६६ प्रतिशतले बढ्दा इन्फिनिटी लघुवित्त र मैलुङ खोला जलविद्युत्को मूल्य क्रमशः ९.८१ र ८.८४ प्रतिशतले बढेको हो ।
यता घट्नेमा भने हाथवे इन्भेष्टमेन्ट अगाडि छ । यो कम्पनीको सेयर मूल्यमा १५ प्रतिशत गिरावटसँगै नकारात्मक सर्किट लागेको हो । यसबाहेकका अन्य कम्पनीहरूको भने सामान्यले मूल्य बढेको छ । यस्तै, कारोबारमा भने आज कुमारी बैंक अगाडि छ । कुमारी बैंकको लगानीकर्ताले कुल ३२ करोडको कारोबार गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु