आगामी तीन दिनको मौसम : अति भारी वर्षादेखि हावाहुरीको सम्भावना

२०८३ आश्विन ९ गते, शुक्रबार

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ भने कोसी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शुक्रबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोसी र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शनिबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षा तथा वाग्मती र मधेस प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आइतबार राति लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रियाहरु

[anycomment]