झन्डै आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

२०८३ आश्विन १२ गते, सोमबार


काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै आधा किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत दिल्लीका करिब ४६ वर्षीय अस्लम सोकट रहेका छन् । भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका उनको साथबाट ४२२.५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
विमानस्थलमा अस्वाभाविक रूपमा हिँड्डुल गरिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याइएको अवस्थामा उक्त परिमाणको सुन बरामद भएको प्रहरीको भनाइ छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु