दुर्गा प्रसाईं पक्राउ !
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ। ब्युरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा आज बिहान प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।
केही दिनअघि प्रसाईंले जेनजी शहीद रसिक खतिवडाकी आमा हुन्। शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ।
सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएकी थिइन्।
प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएको जनाइएको छ। उनकै उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।
प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्। यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।
त्यस्तै, गत भदौ ४ गते उनको घरमा खानतलासी गरिएको थियो। सर्वोच्च अदालतको आदेशमा उनको घरबाट बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो।
