अल्गोरिदम भनेको के हो र यसले कसरी काम गर्छ ?
काठमाडौं । तपाईँ हामीमध्ये धेरैले अल्गोरिदम भन्ने शब्द सुनिरहेका हुन्छौँ । तर पनि यसको जानकारी कमैलाई मात्र थाहा हुन्छ । कहीँ कतै हामी फेसबुक अल्गोरिदम, टिकटक अल्गोरिदम वा युट्युब अल्गोरिदम भन्ने शब्द बेलाबखत सुनिरहेका हुन्छौँ । सबैभन्दा पहिले एल्गोरिदम भनेको के हो भन्ने बुझौँ । गुगलको एआई जेमिनीका अनुसार सामाजिक सञ्जालमा अल्गोरिदमको मुख्य काम भनेको मान्छेलाई मोबाइलको स्क्रिनमा सकेसम्म धेरै समयसम्म भुलाइराख्नु हो । यसका लागि अल्गोरिदमले हजारौँ पोष्टहरूबाट छानेर प्रयोगकर्ताले चाहेको कुरा मात्रै देखाउँछ । प्रयोगकर्ताले मोबाइलमा रहेको सामाजिक सञ्जाल एप खोलेदेखि बन्द नगर्दासम्म अल्गोरिदमले हरेक गतिविधिलाई रेकर्ड गरिरहेको हुन्छ । यसले मुख्य चार कुरा हेर्ने गरेको जेमिनी बताउँछ । जसमा प्रयोगकर्ता एप खोलेपछि के मा रोकियो ? प्रयोगकर्ताले कुनै भिडियो तीन सेकेन्ड मात्रै हे¥यो कि पूरा नै हे¥यो ? यदि लामो समयसम्म हे¥यो भने अल्गोरिदमले बुझ्छ कि यो प्रयोगकर्तालाई यो विषय मनपर्छ । साथै, सो पोष्टलाई प्रयोगकर्ताले लाइक, कमेन्ट वा सेयर गर्यो कि गरेन भन्ने कुरालाई पनि अल्गोरिदमले राम्रोसँग रेकर्ड गर्छ ।
त्यस्तै, अल्गोरिदमले व्यक्तिको सम्बन्धलाई पनि ख्याल गरिरहेको हुन्छ । प्रयोगकर्ताले को–को सँग कुराकानी धेरै कुराकानी गर्छ ? कसको प्रोफाइल पहिला हेर्छ त्यो कुरालाई पनि महत्व दिएर उसकै पोष्ट पहिला देखाउने गर्छ । त्यतिमात्र नभएर प्रयोगकर्ताले सञ्जालमा प्रवेश गरेपछि के–के कुरा खोज्छ भन्ने कुरालाई पनि उसले राम्रोसँग रेकर्ड गरेर राख्ने गरेको जेमिनी बताउँछ ।
अल्गोरिदमले प्रयोगकर्ताको रूचीलाई रेकर्ड गरेर उसलाई थाहा नै नदिई उसकै अनुकूल सामाजिक सञ्जाल एप प्रयोग गर्नमा प्रेरित त गरिरहेको हुन्छ । साथै, पोष्ट गरिएका सामग्रीलाई भाइरल बनाउने काम पनि अल्गोरिदमले नै गर्छ । जेमिनीका अनुसार सामजिक सञ्जाल प्रयोगकर्ताले पोष्ट गरिसकेपछि अल्गोरिदमले सुरुमा केही मान्छेलाई देखाउँछ, त्यसपछि त्यसलाई केही सय मान्छेले हेरे, अनि लाइक कमेन्ट गरे भने त्यसलाई निरन्तर गुणात्मक बनाउँदै प्रयोगकर्ताबीचमा पु¥याउने काम गर्छ । जसले गर्दा पोष्टहरू भाइरल हुन पुग्छन् । अहिले हामीले सामाजिक सञ्जालमा सस्तो ढङ्गले लेखिएका वा भिडियो बनाइएका वा क्रिया प्रतिक्रिया गरिएका पोष्टहरू पनि बढी हेरिएको, सेयर गरिएको, प्रतिक्रिया वा कमेन्ट गरिएको पाउँछौँ । संगठित रूपमा रहेका व्यक्ति र सामाजिक सञ्जाललाई विशेष हिसाबले प्रयोग गर्ने व्यक्तिहरूको पोष्ट भाइरल बन्नुमा उनीहरूको फलोअर्सको मात्रै नभएर अल्गोरिदम प्रविधिको कारणले पनि हो ।
आम मान्छेहरूले सामाजिक सञ्जालमा आफ्नो स्क्रिनमा आइरहेका के कस्ता सामग्रीलाई अल्गोरिदमले जोड दिएर पठाइरहेको छ भन्ने कुरा भने थाहा भने पाउँदैनन् वा त्यता कम ख्याल गर्छन् । तर, ती सामग्रीहरूले भने विस्तारै उनीहरूको भावना र विचारको पक्षलाई प्रभावित गरिरहेको हुन्छ । जसले व्यक्तिगत, सामाजिक र राष्ट्रिय अवस्थामा नियोजित परिवर्तन ल्याउन भूमिका खेल्छ ।
एल्गोरिदमलाई प्रोग्रामिङ ल्याङग्वाइजमा प्रोग्रामिङ गर्न पूर्व बनाइन्छ । जसबाट एउटा उत्कृष्ट प्रोग्राम, बन्न सकोस् । एल्गोरिदम कुनै पनि समस्यालाई समाधान गर्नका लागि बनाइएको हुन्छ । यसले कुनै पनि समस्यालाई चरणवद्ध रूपमा समाधान गर्ने गर्छ ।
उदाहरणका लागि मान्नुस् तपाईंले कसैलाई फोन गर्नु पर्ने भयो । फोन गर्न पूर्व पनि हामीले निकै धेरै कामहरू गर्नु परिरहेको हुन्छ । जस्तो सबैभन्दा पहिले फोन अफ छ वा अन छ भनेर हेर्नु पर्ने हुन्छ । यदि अन छ भने केही गर्नु परेन । तर, फोन अफ छ भने त्यसलाई अन गर्नु पर्ने हुन्छ । फोन अन भइसकेपछि कसलाई कल गर्नु पर्ने हो त्यो व्यक्तिको नम्बर डायल गर्नु पर्ने हुन्छ । फोन नम्बर डायल गरिसकेपछि फोनको रिङको प्रतिक्षा गर्नु पर्ने हुन्छ । यदि फोन गरेको व्यक्तिले फोन उठायो भने केही कुरा गरेर फोन राख्छौँ । फोन गर्ने यि जुन प्रक्रियाका लागि पनि एक प्रकारको झन्झट झेल्नु पर्छ । हामीले त्यसको कुनै एउटा क्रम बिस्र्यौँ भने फोन गर्ने कामले पूर्णता पाउन सक्दैन । हामी फोन गर्ने यि क्रमहरूलाई आफ्नो तरिकाले परिवर्तन गर्न पनि सक्दैनौँ । त्यही कुराको समाधानका लागि हामीले सबै प्रक्रिया क्रमबद्ध रूपमा पालना गर्नुपर्ने हुन्छ । हामीले पालना गर्नु पर्ने यही क्रमबद्ध प्रक्रियाको समूहलाई एल्गोरिदम भन्ने गरिन्छ ।
एल्गोरिदममा यसका सम्पूर्ण आवश्यक विशेषताहरू समावेश हुन्छन् । त्यसका केही आवश्यक विशेषताहरू यहाँ उल्लेख गरिएका छन् ।
सीमितता हुनु
एउटा एल्गोरिदमले जति कम समयमा आफ्नो पूरा काम सम्पन्न गर्छ त्यो उत्तिकै उत्कृष्ट मानिन्छ । त्यसमा जहिले पनि क्रमहरू जोडिएका हुन्छन् । त्यसैले सीमितताले एल्गोरिदममा निकै ठूलो भूमिका खेलेको हुन्छ ।
निश्चित रूपमा परिभाषित गरिनु
एल्गोरिदमका हरेक क्रमहरू निश्चित रुपमा परिभाषित गरिएका हुन्छन् । जसलाई सहजै पढ्न सकिन्छ । त्यसैले सम्पूर्ण क्रमहरू निश्चित रूपमा परिभाषित गरिनु पनि एल्गोरिदमको एक विशेषता हो ।
इनपुट
एउटा विशिष्ट एल्गोरिदम सधैँ विशिष्ट इनपुट लिने गर्छ । जति उत्कृष्ट इनइपुट एल्गोरिदमले लिन सक्यो, परिणाम उत्तिकै उत्कृष्ट आउँछ ।
आउटपुट
एल्गोरिदम इन्पुट लिएजस्तै सधैँ उत्कृष्ट आउटपुट लिने गर्दछ । जति उत्कृष्ट आउटपुट एल्गोरिदमले लिन सक्यो, परिणाम पनि उत्तिकै उत्कृष्ट आउँछ ।
प्रभावकारिता
एल्गोरिदमको माध्यमबाट सधैँ समस्या समाधान नै हुनु पर्ने हुन्छ । त्यसले एल्गोरिदमको प्रभावकारिता उचाइमा हुने गर्छ ।
स्पष्टता
एल्गोरिदम सधैँ सही र स्पष्ट हुन निकै आवश्यक हुन्छ । जसबाट त्यहाँ भएका लाइन र नम्बरको केही अर्थ निक्लिन सकोस् । यो त भयो एल्गोरिदमको विशेषता । अब जानौँ यो कहाँ उपयोग हुन्छ भन्ने बारे । तपाईंहरूलाई थाहा नै होला, अहिले एल्गोरिदम जहाँकही जुनसुकै समस्याको समाधान क्रमवद्ध रूपमा निकाल्न उपयोग भइरहेको हुन्छ ।
एल्गोरिदम जुनसुकै क्षेत्रमा प्रयोग गर्न सकिने भए पनि प्रायः उद्योग, कम्पनी, प्रोग्रामिङ आदिमा प्रयोग धेरै प्रयोगमा आएको देखिन्छ । यसलाई धेरै जसो गणितीय समस्या समाधान गर्न प्रयोग गरिन्छ । त्यसका लागि पनि एउटा राम्रो एलगोरिदम प्रयोग गरिएको हुन्छ । फेसबुक, सर्च इन्जिन, गुगल म्याप्स पनि एल्गोरिदमकै माध्यमबाट काम गरिरहेका हुन्छन् । त्यस्तै कम्प्युटर वैज्ञानिक, सफ्टवेयर इन्जिनियर पनि यसको प्रयोग गरिरहेका हुन्छन् । यसले गर्दा काम सहज त हुन्छ नै साथैसाथै कम समयमा सबै काम सम्पन्न गर्न सकिन्छ । गल्तीहरू नहुन् भन्नका लागि फ्लो चार्टमा पनि एउटा उचित एल्गोरिदमको प्रयोग गरिन्छ । केही विशेष क्षेत्र जस्तै स्पेस रिसर्च, रोबोर्ट, आर्टिफिसयल इन्टेलिजेन्समा पनि यसको उपयोग मुख्य रुपमा गरिएको हुन्छ । प्रोग्राम लेख्नुभन्दा पहिले कम्प्युटर प्रोग्रामिङमा पनि एल्गोरिदम प्रयोग गरिन्छ । यदि तपाईं कम्प्युर वा आईटी क्षेत्रको विद्यार्थी हो र तपाईंलाई प्रोग्रामिङ लेख्न प¥यो भने धेरै गल्तीहरू देखापर्छन् । त्यस्ता सानादेखि ठूला समस्या समाधान गर्न एल्गोरिदम प्रयोग गर्नुपर्ने हुन्छ ।
एल्गोरिदमबारे जान्नैपर्ने महत्वपूर्ण कुराहरू
एल्गोरिदम ९ब्नियचष्तजm० कुनै पनि समस्या समाधान गर्न वा निश्चित लक्ष्य हासिल गर्न तयार पारिएको चरणवद्ध र तार्किक कार्यविधि हो । कम्प्युटर विज्ञानदेखि दैनिक जीवनका सामान्य निर्णयहरूसम्म सबैतिर यसको प्रत्यक्ष प्रभाव रहन्छ । सूचना प्रशोधन, स्वचालित प्रणाली र डिजिटल प्रविधिको विकासमा एल्गोरिदमले मुख्य आधारशिलाको रूपमा काम गर्छ । आधुनिक दुनियाँलाई बुझ्न एल्गोरिदमको भूमिका बुझ्नु अनिवार्य छ ।
१. एल्गोरिदम भनेको कुनै पनि कार्य सम्पन्न गर्न अपनाइने नियमहरूको स्पष्ट सूची हो । यसले निश्चित इनपुट लिएर पूर्वघोषित नतिजा वा आउटपुट निकाल्ने काम गर्छ । कम्प्युटर प्रोग्रामिङको मुख्य मुटु नै यही तार्किक संरचना हो ।
२. यसको नामाकरण नवौं शताब्दीका प्रसिद्ध फारसी गणितज्ञ अल–ख्वारिज्मीको नामबाट भएको हो । सुरुवाती समयमा यसको प्रयोग आधारभूत गणितीय हिसाबकिताब मिलाउन मात्र गरिन्थ्यो । समयक्रमसँगै विकास भएर आज यो आधुनिक कम्प्युटिङको मेरुदण्ड बनेको छ ।
३. हरेक एल्गोरिदमका चरणहरू दोहोरो अर्थ नलाग्ने गरी स्पष्ट हुनुपर्छ । प्रत्येक निर्देशनले के गर्ने भन्ने कुरा कम्प्युटरले सहजै बुझ्न सक्नुपर्छ । अस्पष्टता भएमा प्रणालीले सही नतिजा दिन सक्दैन ।
४. कुनै पनि प्रभावकारी एल्गोरिदम अनन्त रूपमा चलिरहनु हुँदैन । निश्चित संख्याका चरणहरू पूरा भएपछि यो स्वतः रोकिनुपर्छ । अनन्त लुपमा फस्ने कार्यविधि प्राविधिक रूपमा असफल मानिन्छ ।
५. एल्गोरिदम केवल कम्प्युटर भित्र मात्र सीमित रहने विषय होइन । चिया बनाउने तरिका वा खानाको रेसिपी पनि यसको व्यावहारिक उदाहरण हो । हामीले बिहान उठेर गर्ने दिनचर्यामा समेत अचेतन रूपमा एल्गोरिदम नै चल्छ ।
६. एउटै समस्या समाधान गर्न धेरै किसिमका एल्गोरिदमहरू बनाउन सकिन्छ । कुन विधि राम्रो छ भन्नका लागि त्यसले लिने समय र मेमोरी जाँचिन्छ । कम्प्युटर विज्ञानमा यसलाई टाइम र स्पेस कम्प्लेक्सिटी भनिन्छ ।
७. इन्टरनेट वा ठूलो डेटाबेसबाट चाहेको जानकारी खोज्न सर्च एल्गोरिदम प्रयोग हुन्छ । गुगल सर्च वा फोनको कन्ट्याक्ट लिष्ट खोज्दा यसैले काम गर्छ । बाइनरी र लिनियर सर्च यसका आधारभूत प्रकार हुन् ।
८. अस्तव्यस्त अवस्थामा रहेका तथ्याङ्कलाई क्रमवद्ध मिलाउन सर्टिङ एल्गोरिदम चाहिन्छ । यसले नाम, मिति वा संख्यालाई चाहेको ढाँचामा तुरुन्तै मिलाइदिन्छ । क्विक सर्ट र मर्ज सर्ट यसका सबैभन्दा लोकप्रिय उदाहरण हुन् ।
९. फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्महरू पूर्ण रूपमा एल्गोरिदममै चल्छन् । तपाईंले के हेर्नुहुन्छ, कति समय बिताउनुहुन्छ भन्ने आधारमा यसले नयाँ सामग्री देखाउँछ । प्रयोगकर्तालाई स्क्रिनमा बाँधिराख्नु यसको मुख्य उद्देश्य हुन्छ ।
१०. नेटफ्लिक्स वा अमेजनले तपाईंको अघिल्लो रोजाइ विश्लेषण गरेर नयाँ विकल्प सुझाउँछन् । प्रयोगकर्ताको रुचि पत्ता लगाएर मिल्दाजुल्दा वस्तु देखाउनु यसको काम हो । यसले अनलाइन व्यापार र डिजिटल मनोरञ्जनलाई अत्यधिक बढाएको छ ।
११. मेशिन लर्निङ र एआईका मोडलहरू जटिल एल्गोरिदमहरूको जगमा उभिएका छन् । यिनले ठूलो परिमाणको डेटा पढेर मानिस जस्तै नयाँ कुरा सिक्न सक्छन्। अनुभव र नयाँ तथ्याङ्कसँगै यस्ता प्रणालीहरू आफैं सुनिँदै जान्छन् ।
१२. नक्सामा छिटो र छोटो बाटो पत्ता लगाउन पाथफाइन्डिङ एल्गोरिदम चाहिन्छ । गुगल म्याप्स वा राइड–सेयरिङ एपहरूले यसैको सहायताले ट्राफिक विश्लेषण गर्छन् । डाइक्ष्ट्राज ९म्ष्वपकतचबुक० एल्गोरिदम यस क्षेत्रको सबैभन्दा चर्चित मोडल हो ।
१३. डिजिटल बैंकिङ र अनलाइन गोपनीयता सुरक्षित राख्न इन्क्रिप्सन एल्गोरिदम प्रयोग हुन्छ । यसले सामान्य सन्देशलाई गोप्य कोडमा बदलेर अनधिकृत व्यक्तिबाट बचाउँछ । पासवर्ड र आर्थिक कारोबार सुरक्षित हुनुको मुख्य कारण यही हो ।
१४. एल्गोरिदमले मानिसले दिएको डेटा र निर्देशनबाटै निर्णय लिन सिक्छ । यदि आधारभूत डेटा नै पक्षपाती छ भने यसको निर्णय पनि विभेदकारी हुनसक्छ । त्यसैले प्रविधिमा नैतिक निष्पक्षता कायम गर्नु आजको ठूलो चुनौती हो ।
१५. शेयर बजारमा सेकेन्डको सानो अंशमा किनबेच गर्न स्वचालित एल्गोरिदम प्रयोग गरिन्छ । यसलाई विश्वभर ‘अल्गोरिद्मिक ट्रेडिङ’ वा ‘हाई–फ्रिक्वेन्सी ट्रेडिङ’ भनिन्छ । मानवीय भावनाभन्दा टाढा रहेर तथ्याङ्कको भरमा यसले लगानी गर्छ ।
१६. आधुनिक चिकित्सा प्रणालीमा रोग पहिचान गर्न र औषधि निर्माणमा यसको ठूलो हात छ । एक्स–रे र एमआरआई रिपोर्टहरू छिटो विश्लेषण गर्न यस्ता प्रणाली सक्षम छन् । यसले डाक्टरहरूलाई सही उपचार पद्धति रोज्न मद्दत पु¥याउँछ ।
१७. सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्तालाई उनीहरूकै विचारसँग मिल्ने सामग्री मात्र देखाइदिन्छन् । यसले गर्दा मानिसहरू विपरीत दृष्टिकोण सुन्न वा बुझ्न तयार हुँदैनन् । फलस्वरूप समाजमा वैचारिक ध्रूवीकरण र संकीर्णता बढ्दै गएको छ ।
१८. उद्योग, यातायात र कार्यालयका धेरै नियमित कामहरू एल्गोरिदमले स्वचालित बनाउँदैछ । यसले गर्दा रोजगारीको ढाँचा र परम्परागत काम गर्ने शैली बदलिँदैछ । नयाँ सीप सिक्न नसक्ने जनशक्ति विस्थापित हुने खतरा बढेको छ ।
१९. आजका धेरै जटिल एल्गोरिदमहरूले कसरी निश्चित निर्णय लिए भन्ने कुरा पत्ता लगाउन गाह्रो छ । यसलाई प्रविधिको भाषामा ‘ब्ल्याक बक्स समस्या’ भनेर चिनिन्छ । जवाफदेहिता र कानूनी नियमनका लागि यसमा पारदर्शिता ल्याउनु अत्यावश्यक भएको छ ।
