नेप्से परिसूचक ६.६२ अंकले बढ्यो

२०८३ कार्तिक १७ गते, मंगलवार


काठमाडौँ । नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १४३ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । ग्लोबलको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बुटवल पावर कम्पनीको १९ करोड, सोल्टी होटलको १६ करोड र सानिमा मिडल तमोरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएका उपसमूहमध्ये मंगलबार होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ । उक्त समूहको सूचक ७५.७६ अंक अर्थात् १.०७ प्रतिशतले बढेर ७ हजार ९३.२४ विन्दुमा पुगेको छ ।
त्यस्तै, बैंकिङ समूहको सूचक ८.३२ अंकले बढेर १ हजार ६०२.०६ विन्दुमा पुगेको छ । विकास बैंक समूह ३.७४ अंकले बढेर ५ हजार ५५२.०२, जलविद्युत् समूह ११.४८ अंकले बढेर ३ हजार ६६८.२२ विन्दुमा पुगेको छ ।
जीवन बीमा समूह १०.७९ अंक, निर्जीवन बीमा समूह ९.४२ अंक र माइक्रोफाइनान्स समूह ६.१४ अंकले बढेका छन् । व्यापार समूह ५.०२ अंकले बढ्दा म्युचुअल फन्ड समूहमा सामान्य वृद्धि देखिएको छ । यता, फाइनान्स समूह ०.२६ अंकले घटेर २ हजार २१३.४७ विन्दुमा झरेको छ । लगानी समूह ०.०४ अंक, उत्पादन तथा प्रशोधन समूह ७.१८ अंक र अन्य समूह ०.५१ अंकले घटेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

तिहार विशेष रैथाने मेला कात्तिक २१ देखि

२०८३ कार्तिक १७ गते, मंगलवार

नेप्से ३२.६५ अंकले घट्यो

२०८३ कार्तिक १६ गते, सोमबार

विकास बैंकहरूको नाफामा उच्च वृद्धि

२०८३ कार्तिक १६ गते, सोमबार

सुनको मूल्य ह्वातै घट्यो

२०८३ कार्तिक १५ गते, आईतवार