पर्यटन बोर्डले डेढ महिनाभित्र कार्यकारी प्रमुख पाउने

२०६९ चैत्र २२ गते, बिहीबार


काठमाडौं, । पर्यटनमन्त्री रामकुमार श्रेष्ठले डेढ महिनाभित्र नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने तिबद्धता जनाएका छन् । ‘पर्यटन बोर्ड लामो समयदेखि प्रमुखविहीन हुनु लज्जास्पद कुरा हो’ मन्त्री श्रेष्ठले भने – ‘डेढ महिनाभित्रमा कुनै योग्य व्यक्ति बोर्ड प्रमुख भएर आउँछ ।’
बिहीबार पर्यटन पत्रकार संघले राजधानीमा गरेको पर्यटनमा ऐक्यवद्धता विषयक अन्र्तक्रियामा उनले बोर्ड प्रमुखका लागि निजी क्षेत्रबाट योग्य व्यक्ति सिफारिस गर्न आग्रह समेत गरे । यदि सिफारिस नगरिए आफै योग्य व्यक्ति छानेर प्रमुख कार्यकारी बनाउने योजना रहेको उनको भनाई छ ।लामो समयदेखि बोर्ड प्रमुखविहीन हुनु राजनीतिक हस्तक्षेप नै प्रमुख कारण रहेको भन्दै मन्त्री श्रेष्ठले केही व्यक्तिहरुले निहित स्वार्थ पुरा नहुने भएपछि बोर्डलाई अपाङग बनाएर समग्र पर्यटन व्यवसायलाई नै प्रभाव पारिरहेको आरोप लगाए ।

प्रतिक्रियाहरु

[anycomment]