सगरमाथा आरोहण शुल्क बढाउः निरौला

काठमाडौँ । आरोहण शुल्क बढाएर सगरमाथा आरोहण नियन्त्रण गर्न सकिने नेपाल पर्यछन बोर्डका निमिक्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाको तर्क छ । सगरमाथामा मुख्य सिजनका बेला दैनिक सयांै पर्वतारोहीहरु आरोहणमा जाँदा भीडभाड बढ्न सक्ने भन्दै नियन्त्रणका लागि भने पनि लिँदै आएको रोयल्टी बढाएर समाधान निकाल्न सकिने निरौलाको भनाइ छ । सरकारले मनाउन लागेको साताव्यापी सगरमाथा हीरकजयन्ती कार्यक्रम घोषणा कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका निमिक्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले सगरमाथालाई केही समय बन्द गरेरभन्दा पनि रोयल्टी बापतको रकम बढाएर समाधान निकाल्न सकिने बताए । ‘यस विषयमा सबै सरोकारवालाहरुसँग छलफल गरेर एउटा निर्ण्र्ाालिनुपर्छ’ उनले भने । सरकारले सगरमाथामा मानव पाइला पुगेको ६० वर्षपुगेको उपलक्ष्यमा सगरमाथा हीरकजयन्ती समारोह कार्यक्रम गर्दै छ भने सन् २०१३ लाई सगरमाथा हीरकजयन्ती वर्षमेत घोषणा गरेको छ । सन् १९५३ मे २९ का दिन सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शर्ेपाले सगरमाथामा पहिलो पटक आरोहण गरेका थिए । त्यसयता बर्सेे सयौको संख्यामा पर्वतारोहीहरुले विभिन्न विधामा कीर्तिमान राख्दै आएका छन । यस वर्षमात्र ७ सयभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । सरकारले सगरमाथा हीरकजयन्ती समारोह सञ्चालन गर्नका लागि यसअघि नै २ करोड रुपैयाँ बजेट छुट्याइसकेको छ । हीरकजयन्ती समारोह सन् २०१३ भर नेपाल र नेपाल बाहिर विभिन्न कार्यक्रम गरी मनाइने सगरमाथा हीरकजयन्ती समारोह कार्यक्रम २०१३ मूलआयोजक समितिका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पर्ूण्ाचन्द्र भट्टर्राईले बताए । पहिलो चरणमा जेठ १२ देखि १५ सम्मको साताव्यापी कार्यक्रम घोषणा गरिएको जानकारी भट्टर्राईले दिए । कार्यक्रमअनुसार आगामी जेठ ९ देखि ११ सम्म काठमाडौँ-लुम्बिनी साइकल यात्रा, त्यस्तैगरी १२ र १३ गते सगरमाथा क्षेत्रमा बृहत् अन्तरक्रिया कार्यक्रम गरिने छ भने १४ गते एक दर्जनभन्दा बढी संघसंस्थाको कार्यक्रम र १५ गते विशेष कार्यक्रम गरी आरोहीहरुलाई सम्मान गर्नेलगायतका कार्यक्रम छन् । सन् २०१३ भर विविध कार्यक्रम गरिने भएकाले यसै वर्षइजरायलको मृत सागरमा सगरमाथा स्मारक स्थापना गरिने समेत संयोजक भट्टर्राईले जानकारी दिए ।