६६ वर्षछि महिला भएको खुलासा
बेइजिङ । निरन्तर पेट दुखेपछि ६६ वषीय एक चिनियाँ पुरुष डाक्टरलाई देखाउन गए । तर, उनको पेट दुख्नुको कारण पत्ता लागेपछि उनी मात्र होइन त्यहाँ उपस्थित सबैजना आर्श्चर्यचकित भए । ‘चिकित्सकका अनुसार यी वृद्ध चिनियाँ नागरिकको पेट दुख्नुको कारण अण्डाशयमा एउटा गाँठो निस्कनु थियो । र यसपछि थाहा भयो उनी पुरुष होइनन, महिला हुन्,’ साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । ‘यो दुलभमा पनि दुलभ घटना हो,’ हङकङ मेडिकल जर्नमा उनको रोगबारे भनिएको छ । जर्नका अनुसार दुइ अनुवांशिक खराबी एकअर्कासँग जोडिनु यो बिमारीको कारण हो । यो रोगलाई र्’र्टन सिन्ड्रोम’ भनिएको छ । आमा बन्न नसक्ने महिलामा पनि यहीँ समस्या हुने गर्छ । यस्ता महिलामा शारीरिक विकाससमेत पूण्ारूपमा हुँदैन । यो रोग भएका मानिस महिलाजस्तो देखिए पनि उनीहरूसँग पुरुषप्रधान गुण बढी हुन्छ । तर, उनको मुद्दा भने थोरै फरक छ । किनभने, उनी ‘कजेनिटल अर्डिनल हाइपरलेसिआ’बाट पीडित छन् । यो रोग लागेको महिलामा पुरुष हर्मन बढी उत्पादन हुन्छ र महिला पुरुष दुवैको हर्मन पैदा भएपछि एउटा विपरीत स्थिति पैदा हुन्छ । चार फिट पाँच इन्च अग्ला यी दुब्लापातला मानिस कुनै पुरुषजस्तै देखिन्छन् । उनको व्यवहार पनि पूरै पुरुषको जस्तो छ । उनलाई पिसाब गर्न अप्ठ्यारो हुने गर्थ्याे, तर उनले कहिल्यै सोचेनन कि उनमा यस्तो वंशाणुगत खराबी होला भनेर । उनलाई सधैं लाग्थ्यो कि उनी पुरुष हुन् । अहिले भने क्वाङ वाह अस्पतला र हङकङस्थित क्विन एलिजावेथ अस्पतालका चिकित्सकहरूले उनको शरीरमा अण्डासय र महिलाको लक्षण भएको बताएका छन् – एजेन्सी