जेठ महिनामा ११ सय ५३ पर्यटक खुम्बुमा

२०७० असार १२ गते, बुधबार

सोलुखुम्बु, असार १२ । यसवर्षको जेठ महिनामा १ हजार १ सय ५३ जना पर्यटकहरुले खुम्बु क्षेत्रको भ्रमण गरेका छन । जसमध्ये सबैभन्दा बढी अमेरिकाबाट २ सय ४६, वेलायतबाट १ सय ४६, र अष्ट्रेलियाबाट १ सय ४३ जना पर्यटकहरु खुम्बु क्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । सोही अवधिमा सार्क क्षेत्रबाट ५३ जना पर्यटकहरु खुम्बु क्षेत्र पुगेको कार्यालयको तथ्याङ छ । जेठ महिनामा १० वर्ष मुनिका ४ जना बालबालीकाहरुलाई खुम्बु क्षेत्र प्रबेशका लागी कार्यालयले निशुल्क प्रवेशाज्ञा प्रदान गरेको थियो ।
यस्तै ति पर्यटकहरु सगरमाथा क्षेत्र प्रबेश गरेबापत ३६ लाख २२ हजार ९ सय ६ रुपैया ३० पैसा, काठको पुर्जी वापत ५८ हजार, ४ सय ६७ रुपैया २० पैसा, ढुङगा पुर्जीबाट १ हजार ५ सय ५४ रुपैया ७९ पैसा, हेलिकप्टर अवतरण बाट १ लाख १८ हजार र पर्यटकीय सहयोगी भरिया प्रवेश शुल्क बापत १३ हजार ७ सय ५० गरी ३८ लाख ५४ हजार ६ सय ८० रुपैया २९ राजश्व प्राप्त भएको छ ।
यसअघि २०६८ सालको जेठ महिनामा १ हजार १ सय ६६ र ०६९ सालको जेठ महिनामा १ हजार ३ सय ७७ पर्यटकहरु खुम्बु क्षेत्र पुगेका थिए । गत वर्षको जेठ महिनामा भने ईजिप्ट रोमानिया, बङगलादेश र श्रीलङककाबाट सबै भन्दा कम सख्यामा पर्यटकहरु सगरमाथा क्षेत्रको भ्रमणका क्रममा पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङकमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु