सिप्रदीको ६० घन्टे योजना

२०७० श्रावण १७ गते, बिहीबार

काठमाण्डौ ,१७ साउन। टाटा मोटरको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो एक्सप्रेस सेवा अन्र्तगत ६० घण्टामा गाडी नबने दैनिक एक हजार एक सय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।आजदेखि सुरु हुने यो अफर अन्र्तगत कुनै पनि गाडी प्रयोगकर्ताले ६० घण्टामा मर्मत सेवा नपाए दैनिक १ हजार एक सय क्षतिपूर्ति पाउनेछन् । सात महिनाअघि सुरु सिप्रदीको एक्सप्रेस सेवा अन्र्तगत यसअघि ७२ घण्टामा गाडी नबने क्षतिपूर्ति दिने ब्यबस्था थियो ।कम्पनीले वारेण्टी अबधिका लागि मात्र सिमित उक्त योजना अन्य मोडलहरुमा पनि लागू गर्ने जनाएको छ । सञ्जिवनी योजना अन्र्तगत सम्पूर्ण गाडीको इन्जिन बनाउँदा ६ दिनभित्र नबने प्रति दिन १ हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने छ । साथै कम्पनीले दुई बर्षसम्म वारेण्टी तथा १२ किस्तामा भुक्तानी गर्ने सुबिधासमेत प्रदान गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इन्टरनेटमा बढी शुल्क लिए कारबाही

२०८३ आश्विन २४ गते, शनिबार

लागुऔषधसहित ३१ जना पक्राउ

२०८३ आश्विन २४ गते, शनिबार

नेप्से २.३१ अङ्कले बढ्यो

२०८३ आश्विन २२ गते, बिहीबार