घडिअर्वा पोखरीको कान्तबिजोग
काठमाडौँ । वीरगन्ज नगरको मुख्य पर्यटकीयस्थलको रूपमा चिनिने घडिअर्वा पोखरी परिसर दिनप्रतिदिन जर्ीण्ा बन्दै गएको छ । मुलुककै पहिलो र एक मात्र म्युजिकल फाउन्टेनका कारण चिनिने वीरगन्जको घडिअर्वा पोखरी परिसर आठ महिनादेखि अन्धकारमय भएको छ । घडिअर्वा पोखरीको मुख्य आकर्षा म्यूजिकल फाउन्टेन आठ महिनादेखि चलेको छैन । फाउन्टेनको रंगिन पानी त परै जाओस् पोखरीको पानीमा देखिने बत्तिको छायाँले बनाउने आकर्ष दृश्य पनि आगन्तुकले देख्न पाएका छैनन् । बिद्युत महसुल बक्यौता रकम नबुझाएको भन्दै विद्युत प्राधिकरणले पार्कको विद्युत लाइन कात्तिक महिनामै काटे पनि अहिलेसम्म पार्कमा विद्युत सेवा सुचारु हुन सकेको छैन । पार्कको नाममा करिब १३ लाख रूपैयाँ बक्यौता रहेको छ । लामो समयदेखि नचलेकाले म्यूजिकल फाउन्टेनका विद्युतीय सामग्रीहरू पनि दिनप्रतिदिन ब्रि्रँदै गएको अनुमान गरिएको छ । फाउन्टेनको मोटर बिग्रिएर जीण् भएको र अन्य उपकरणहरू पनि खिया लाग्न थालेको छ । फाउन्टेन लामो समयदेखि नचलेपछि पार्कप्रति पर्यटकहरूको आकर्षा पनि दिनप्रतिदिन घटदै गएको छ । रौतहट चन्द्रनिगाहापुरकी उमा दाहालले आफू पहिलो पटक यो पोखरी परिसरमा म्युजिकल फाउन्टेनको मज्जा लिन आएको तर पोखरी परिसरनै अध्यारो देखेपछि सारै नरमाइलो लागेको बताइन् । विद्युत नहुदा साँझ पर्ने बित्तिक्कै घडीअर्वा पोखरी पार्कमा अँध्यारोका कारण घुम्न आउने पर्यटकहरूको संख्यामा पनि कमी आएको छ । बत्ती हुँदा सधैँ बेलुकी ८ बजेसम्म पर्यटकका लागि खुला रहने पार्क अहिले भने बत्तीको अभावमा बेलुकी साढे ६ बजे नै बन्द गर्नुपर्ने बाध्यता रहेको पार्कका कर्मचारीहरूले बताएका छन् । त्यस्तै पार्कमा रहेको शौचालय पनि जीण् भएको छ । आगन्तुकको सुविधाका लागि निर्माण गरिएको शौचालय अहिले दुगन्धित छ र त्यहाँ पिउने पानीको सुविधासमेत छैन । पार्कमा फलाम र सिमेन्टका रेलिङहरू पनि ठाउँ-ठाउँमा भत्किएर जीण् भइसकेका छन् । वीरगन्ज उपमहानगरपालिका कार्यालयले २०६७ साल माघ १ देखि यो परिसर पोखरी निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको हो । स्थानीय व्यापारी नरेश टिवडेवालले पाँच बर्षा लागि ३६ लाख ४० हजार रूपैयाँमा ठेक्कामा लिएका छन् । ठेक्का सम्झौताअनुसार, ठेक्का अवधीभर पार्कको भौतिक संरक्षण र मर्मत सम्भार ठेकेदार पक्षले नै गर्नुपर्नेमा ठेकेदार टिवडेवालले कुनै वास्ता नगरेको घडीअर्वा वा स्पोर्टस क्लबका सचिव लखनलाल गुप्ताले गुनासो गरे ।