बौद्धमा रोपाइँजात्राको तयारी

२०७० भाद्र १ गते, शनिबार

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रको मौलिक पर्व गाईजात्रा एवं रोपाइँजात्रालाई भव्यरूपमा सम्पन्न गर्न तयारी थालेको छ ।बौद्ध स्तूप परिसरको रोडहाउस क्याफेमा पत्रकार सम्मेलन गरी गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले भदौ ७ गते मनाइने जात्राका कार्यक्रमबारे जानकारी गरायो । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिका संयोजक सम्पूण्कुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धमा परम्परागत रूपमा मनाइने गाईजात्रा एवं रोपाइँजात्रालगायत पर्वले यस क्षेत्रको शोभा उच्च बनाएको बताए । खेतीपातीको समयबाट केही मुक्तिको अनुभूति गर्दै भदौ महिनाको पहिलो साता गाईजात्रा एवं रोपाइँजात्रा पर्व बौद्धका स्थानीयले अन्य क्षेत्रमा भन्दा विशेष महत्वका साथ मनाउँदै आएका छन् । बौद्ध क्षेत्रका यी मौलिक जात्रामा जनसहभागिता बढाउन र पछिल्लो पुस्तालाई आकषिर्त गराउन बौद्धनाथ क्षेत्र विकास समितिले विभिन्न अभिनय एवं हास्य प्रस्तुतिमा सहभागी भई उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार