सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक

काठमाडौं, १० भदौ – चिनियाँ मोबाइल कम्पनी बिवोले संसारकै सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ ।बिवोले ५ दशमलव ७५ मिलिमिटर मोटाई भएमो बिवो एक्स थ्री मोबाइल बजारमा ल्याएको हो ।यो फोनमा ५ इन्चको स्क्रिन रहेको छ भने १ दशमलव ५ गिगाहर्ज कार्ड कोर मिडियाटेक प्रोसेसर रहेको छ ।बिवो एन्ड्रोइडको ४ दशमलव २ को जेलिबीन सफ्टवेयरमा चल्ने यो स्मार्टफोनमा ८ मेगापिक्सलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरासमेत छ । २ वटा सिम प्रयोग गर्न मिल्ने विवो एक्स थ्रीमा १ जिबीको र्याम र १६ जिबीको इन्टरनल मेमोरी क्षमता छ । तर यसमा मेमोरी कार्ड रिडर भने छैन । यो स्मार्टफोन अहिले चिनियाँ बजारमा मात्र उपलब्ध छ । – एजेन्सी