पृथ्वीका प्राणी मंगलग्रहबाट आएको दाबी
काठमाडौँ । पृथ्वीमा अस्तित्वमा रहेका प्राणी तथा वनस्पतीको खास उत्पत्ति पृथ्वीमा नभएर मंगल ग्रहमा भएको अमेरिकी वैज्ञानिकले दाबी गरेका छन् । जिवको उत्पत्तिका लागि आवश्यक तत्व केवल मंगल ग्रहको सतहमा मात्र रहेकाले अहिले पृथ्वीमा रहेका जिवको बिउ मंगल ग्रहबाटै पृथ्वीमा आएको दाबी ती वैज्ञानिकको रहेको छ । भूर्-गर्भसायनविद्व स्टेभेन बेनरका अनुसार यो ब्रम्हाण्डमा सुरुमा मंगलग्रहमा जिवको उत्पत्ति भएको र मंगलग्रहबाट छुट्टएिको विशाल उल्कासँगै ती जिव पृथ्वीसम्म आइपुगेका हुन् । सबैभन्दा पहिले जिवको उत्पत्ति हुनका लागि आवश्यक ठानिएको मोलिब्डेनम तत्वको अक्सिडाइज्ड रूप मंगल ग्रहमा रहेको तथ्य नै आफ्नो दाबीलाई पुष्टि गर्न पर्याप्त रहेको जिकिर उनको रहेको छ । प्राध्यापक बेनरले आफ्नो यस सम्बन्धि शोधपत्रलाई आसन्न वैज्ञानिक सम्मेलनमा प्रस्तुत गर्दैछन् । उनले मंगल ग्रहमा अहिले पनि जिवको उत्पत्ति हुनका लागि आवश्यक पर्ने वातावरण कायम रहेको हुनसक्ने विश्वास समेत गरेका छन् । – एजेन्सी