ट्रस्ट ब्रिज खोलाले बगायो

२०७० भाद्र १५ गते, शनिबार

काठमाडौँ । सगरमाथा आधार शिविरमा पुग्ने अन्तिम पुलका रूपमा रहेको इम्जाखोलास्थित ट्रस्ट ब्रिज खोलाले बगाएको छ । खुम्जुङ- ६ र ७ को बीचमा रहेको इम्जाखोलामा रहेको सो ट्रस्ट ब्रिज बुधबार दिउँसो खोलामा आएको बाढीले बगाएर तर्ननमिल्ने बनाएको तबुचे मध्यवर्ती क्षेत्र उपभोक्ता समूह खुम्जुङका अध्यक्ष दोर्जी ग्याल्जेन शर्ेपाले जानकारी दिए । सगरमाथा आधार शिविरमा पुग्ने अन्तिम ब्रिजका रूपमा रहेको सो पुल बगाएपछि आधार शिविर जाने बाटो बन्द भएको छ । सो पुलको विकल्पमा अर्को बाटो प्रयोग गर्नका लागि करिब एक दिनभन्दा बढी हिँड्नुपर्ने अध्यक्ष शेपाले जानकारी दिए । सो पुलको तत्कालै व्यवस्थापन नगरेमा खुम्बु क्षेत्रमा सुरु हुने अक्टोबर सिजनमा समस्या हुने भएकाले यसको तत्कालै व्यवस्थापन हुनुपर्नेसमेत अध्यक्ष शेपाले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार