क्यान सफ्टेक सुरु

२०७० भाद्र १९ गते, बुधबार

काठमाडौ, १९ भदौ – कम्प्युटर एसोसिएसन अफ नेपाल [क्यान]को आयोजनामा आजदेखि क्यान सफ्टेक मेला सुरु भएको छ । मेलाको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरे । सफ्टवेयर, सर्भिस, सोलुसन र कम्युनिकेसनको विस्तार र विकासबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको क्यानका महासचिव अमृतकुमार पन्तले बताए ।उनका अनुसार मेलामा कम्प्युटर सुरक्षा, सूचना व्यवस्थापन, एन्टिभाइरस, इन्टरनेट सेवा लगायत विभिन्न एप्लिेकेसन सहितका ट्याबलेटसँग सम्बन्धित १ सय २० वटा स्टल छन् । मेला प्रवेशका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ भने पत्रपत्रिकामा प्रकाशित विज्ञापनको कटिङ लिएर जानेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलाको विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म अवलोकन गर्न सकिने क्यानले जनाएको छ । यस्तै मेलामा दृष्टिविहीनहरुलाई प्र्रविधिक क्षेत्रमा परेका समस्या समाधानका लागि जानकारी गराउन उज्वल नक्षेत्र समाजले पनि स्टल राखेको छ ।स्टलमा पछिल्ला समय विकास भएका प्रविधि र त्यसको प्रयोगका बारेमा दृष्टिविहीनहरुलाई जानकारी गराइने समाजका सुशील अधिकारीले जानकारी दिए । मेला शनिबारसम्म चल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]