बढ्दैछ इ-चुरोट सेवनको प्रचलन

२०७० आश्विन १ गते, मंगलवार

पछिल्ला केही वर्षमा इ-चुरोट सेवनको प्रचलन निकै तिब्र रुपमा बढिरहेको छ । विद्युतिय चुरोटको बढ्दो खपतप्रति चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य संगठनले हालै विश्वका देशहरुलाई यसप्रति सचेत रहन र इ चुरोटको प्रयोगका बारेमा कानून निर्माण गर्न आग्रह गरेको छ ।संगठनका अनुसार पछिल्ला वर्षमा इ चुरोटको बिक्रि ह्वात्तै बढेको छ । इ चुरोटको खपत तिब्र रुपमा बढ्नु तर यसको असरका बारेमा कुनै पनि प्रभावकारी अनुसन्धान नहुनुले पनि खतरा बढाइरहेको संगठनको भनाइ छ । संगठनका अनुसार विश्वमा पछिल्लो १२ महिनामा इ सिगरेटको कारेाबार बढेर ३ अर्ब डलर पुगेको छ । इ चुरोटको खपत यसरी बढिरहेको छ की भविष्यमा धूमपानका अम्मलीहरुका लागि यो एकमात्र विकल्प बन्ने देखिएको छ । अमेरिकामा इ चुरोटको बिक्रि दोब्बर भएको र सुर्तिजन्य चुरोट निर्माण गर्ने कम्पनीहरु समेत यस्तो विद्युतिय चुरोटको उत्पादनतर्फ आकषिर्त भएको बताइएको छ ।

इ चुरोट वास्तवमा धुँवा निकाल्ने सुर्तिजन्य चुरोटको विकल्पको रुपमा विकाश गरिएको आधुनिक साधन हो । यो चुरोटमा भएको जस्तै निकोटिन तत्व प्रदान गर्ने एक इलेक्ट्रोनिक उपकरण हो । इ चुरोट तान्दा धुँवाको साटो बाफ आउँछ त्यसैले यसलाई पर्सनल भ्यापोराइजरका नामले पनि चिनिन्छ । इ चुरोटमा एक तरल पदार्थ हुन्छ जो विशेष प्रक्रियाद्वारा बाफमा परिणत गरिन्छ । यसमा निकोटिन तत्व पाइने भएकाले इ चुरोट सेवन गर्ने मानिसले धुँवा खानु नपरेपनि साँच्चीकै चुरोट पिएको अनुभव गर्छन् ।
इ चुरोटमा मुख्यतया तीन भाग हुन्छन् । एउटा कार्टिज एटमाइजर, दोश्रो ब्याट्री र तेश्रो लिक्विड एटमाइजर । कार्टिज बाहिरी भाग हो भने एटमाइजरले तरल पदार्थलाई बाफमा परिणत गर्छ र त्यसका लागि ब्याट्रीले उर्जा प्रदान गर्छ । इ सिगरेटमा भएको तरल पदार्थमा प्रोपलिन ग्लाइसोल नामक रसायन हुन्छ जसमा निकोटिक समेत मिसाइएको हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]