अब सपनालाई पनि भिडियो रेकर्ड गर्न मिल्ने
काठमाडौँ । तपाईंले लेखिएका कथाको चलचित्र हर्नुहुन्छ । टिभीमा मनपर्ने धारावाहिक हर्र्नहुन्छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईंले देख्नुभएको सपना स्त्रिmनमा हर्ेन सम्भव हुन्छ – हो, तपाईं आफ्नो सपनालाई स्त्रिmनमा चलचित्र हेरेझैँ हर्ेन सक्नुहुन्छ । यो कुनै चमत्कारभन्दा कम छैन । जापानी वैज्ञानिकहरुले मानव मस्तिष्कको अवचेतन अवस्था न्रि्रामा देखिएका सपनामा घुसपैठ गर्न तयार भएका छन् । उनीहरुले ती सपनालाई पेनड्राइभ वा भिडियो डिस्कमा रर्ेकर्ड गर्ने प्रयास गरिरहेका छन् । भन्दासुन्दा यो काल्पनिक लाग्न सक्छ, तर अहिले जापानको नारा नगरका वैज्ञानिकहरु स्वप्नमा घुसपैठ गरेर त्यसको भिडियो रेकर्डिङका लागि तयार भएका छन् । यो प्रविधिको प्रयोगले मानिसको न्रि्रामा कुनै प्रभाव भने पार्ने छैन । जापानी तकोलोजी संस्थाका वैज्ञानिकहरुले मानिसक अवचेतनमा छिरेर सुतेको मानिस कस्तो खालको सपना देखिरहेको छ भन्ने थाहा पाउन सकिने दाबी गर्छन् । हाललाई उनीहरुको लक्ष्य भनेका मनिसले देख्ने सपनाको भिडियो रेकर्डिङ गर्नु हो । जापानी वैज्ञानिकको यो अध्ययन आफैँमा अद्भूत छ । उनीहरु न्रि्राका अन्य चरणमा सपनाको रेकर्डिङ गरेर त्यसको अध्ययन गर्न चाहन्छन्, ताकि पछि भविष्यमा त्यस्तो उपकरण बनाउन सकियोस् जसको सहयोगमा अवचेतनमा देखिने सपनाको भिडियो प्रसारण स्त्रिmनमा देखाउन सकियोस् । सपनालाई रर्ेकर्ड गरेर त्यसलाई स्त्रिmनमा ध्वनिसहित प्रसारण गर्न सकिए यो चलचित्रजस्तै हुने रुसका न्रि्रा अध्ययन विशेषज्ञ संघका अध्यक्ष रमान बुजुनफ बताउँछन् । ‘जसले यो प्रविधिलाई सफलतापर्ूवक विकास गर्छ उसले पक्कै पनि नोबेल पुरस्कार पाउनेछ,’ उनी अगाडि थप्छन् । सपनाको रेकर्डिङ कसरी – जापानी वैज्ञानिकहरुले यसको अध्ययनका लागि तीन पुरुषलाई आमन्त्रित गरे । उनीहरु सुतिरहेका बेला वैज्ञानिकले एउटा विशेष उपकरण जोडे । सो उपकरणले मस्तिष्कको गतिविधिलाई निगरानी गर्छ । तीनैजना गहिरो न्रि्रामा हुँदा उनीहरुको टाउको मुनि राखिएका पुतलीहरु तीव्र गतिमा चलेका थिए । केही समयपछि प्रयोगमा सहभागी तीनै जनालाई उठाइयो र सोधियो, ‘तपाईंहरुले कस्तो सपना देख्नुभयो -‘ त्यसपछि शोधकर्ता वैज्ञानिकले तीनै जनाको सपनाको कथालाई विशेष उपकरणमा रर्ेकर्ड गरियो । यसबाट कम्प्युटर प्रोग्राम तयार गरियो, जसले व्यक्तिको अवचेतनमा भएका गतिविधिको रेकर्डिङअनुसार त्यसको तस्बिर बनाएर प्रस्तुत गर्यो । पछि थाहा भयो, सो कम्प्युटर प्रोग्रामले देखाएको भिडियो मानव सपनासँग करिब ८० प्रतिशत मिल्यो । तर, तपाईंले देख्नुभएको सपनालाई चलचित्रझैं पर्दामा हर्ेन सकिने दिन पनि अवश्य आउनेछ । – एजेन्सी