भाषा अनुवाद गर्ने चस्मा
काठमाडौं, १८ असोज –जापानको एनटीटी डोकोमो कम्पनीले कुनै पनि भाषालाई अनुवाद गर्ने चस्माको निमार्ण गरेको छ । जुन चस्माले एक अपरिचित शब्दको एक सूचीलाई अनुवाद गर्न सक्छ । एनटीटी डोकोमो कम्पनीका अनुसार उसको यो इन्टेलीजेन्ट चस्माले कुनै पनि अपरिचित शब्दको अनुवादित छवि पेश गर्न सक्छ ।यो चस्मा देख्नुका साथ साथै आभासी चित्रलाई पनि हेरफेर गर्न पनि सघाउ पुर्याउँछ । कम्पनीका अनुसार यस टेक्नीकलाई जापानको एक कन्ज्यूमर इलेक्ट्रोनिक शो सीट्याक–२०१३ मा प्रदर्शन गरिनेछ । एनटीटी डोकोमोले यो चस्मा पर्यटकको लागि बरदान साबित हुन सक्ने बताएका छन् । शब्द पहिचान टेक्नीक देखि विदेश यात्रा गर्ने पर्यटकहरु, रेष्टुरेण्टका मेनू र अन्य दस्तावेजलाई तुरुन्त पढ्नका लागि सहायता मिल्ने कम्पनीको विश्वास छ ।यो चस्मा मार्फत जापानी, अंग्रेजी, चीनी र कोरियन भाषालाई अनुवाद गर्न सक्छ । भाषा अनुवाद गर्न यस चस्माको लागि पाँच सेकेण्डको समय पनि लाग्ने बीबीसी अनलाइनले उल्लेख गरेको छ । – एजेन्सी