दीपंखा यात्रा मनाइदै
काठमाडौं, १ कार्तिक । ललितपुरको ऐतिहासिक एवं धार्मिकदृष्टिले महत्वपूर्ण दीपंखा यात्रा आजबाट सुरु भएको छ । ललितपुरको नागबहालबाट सुरु भएको यात्रा करिब ६६ किलोमिटरको बाटो पार गरेर नागबहालमा पुगी सम्पन्न हुनेछ । यात्रामा हजारौंको सहभागिता रहेको छ । श्रद्धालु भक्तजनहरुले ललितपुर र काठमाडौंका विभिन्न मठमन्दिर, बिहार र चैत्यको परिक्रमा गर्छन् । दीपंखा यात्रा धार्मिक र सांस्कृतिक पक्षसँग जोडिएको बृहत पदयात्रा हो । यस पत्रयात्रामा बुंगमती, चोभार, ईचंंगुनारायण, हल्चोकस्वयम्भू, बौद्धस्तुपलगायत ललितपुर र काठमाडौंका ६८ ठाउमा रहेका १ सय ३० देवीदेवता, चैत्य, बिहार, देवालय, शिवालय, मठ–मन्दिरको परिक्रमा गरिन्छ । यात्राका क्रममा भक्तजनलाई सुविधा दिन विभिन्न ठाउँमा विश्राम स्थल, स्वास्थ्य शिविरका साथै सुरक्षाको पनि व्यवस्था गरिएको यात्रा व्यवस्थापन समितिले जनाएको छ ।