आदिनाथ मेला सुरु

२०७० कार्तिक १ गते, शुक्रबार

काठमाडौं, १ कात्तिक । कीर्तिपुर नगरपालिकाको वडा नं १४ चोभारमा रहेको आदिनाथ मन्दिरमा आजदेखि एकमहिने आदिनाथ मेला सुरु भएको छ ।मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पूणिर्मादेखि कात्तिक शुक्ल पूणिर्मासम्म एक महिना मेला लाग्ने गर्छ । मेलाका अवसरमा मन्दिरमा दर्शन गरेका कुष्ठरोगका साथै विभिन्न्ा महारोगबाट मुक्ति मिल्ने प्राचीन जनविश्वास रहिआएको स्थानीयवासी चन्द्र महर्जनले जानकारी गराए ।मेलाका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुरका साथै देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्छन् । मेलालाई लक्ष्य गरी स्थानीय सङ्घसंस्थाको सक्रियतामा मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज इन्द्रजात्रा

२०८३ आश्विन ९ गते, शुक्रबार

इन्द्रजात्रा सुरु

२०८३ आश्विन ७ गते, बुधबार

३५ जनाद्वारा दङ्गा पिक आरोहण

२०८३ आश्विन ६ गते, मंगलवार