संरक्षणको पर्खाइमा रानी तलाउ
काठमाडौँ । करिब २०० वर्षपुरानो ऐतिहासिक महत्वको रानीतलाउ संरक्षणको अभावमा दिन-प्रतिदिन जर्ीण्ाबन्दै गए पनि सरोकारवाला निकायको पर्याप्त दृष्टि पुग्न सकेको पाइँदैन । नेपालगन्ज नगरपालिका-१० स्थित रानीतलाउ सरोकारवालाको प्राथमिकतामा नपर्ने तथा जिम्मेवारी अरुमाथि पन्छाउने प्रवृत्तिले तलाउको ऐतिहासिक महत्व गुम्न सक्ने खतरा देखिन थालेको छ । केही वर्षघिसम्म नौका विहार, पार्कलगायत मनोरम वातावरणमा रानीतलाउमा रमाउने स्थानीय बासिन्दा अहिले सो तलाउ शौचालयका रुपमा परिणत भएको देख्दा खिन्न भएका छन् । अहिले तलाउछेउको पर्खाल भत्किएको छ, तलाउको पानी अत्यन्त दूषित छ, तलाउ किनारमा फोहोरको डुङ्गुर छ, तथापि नगरपालिका भने जीर्णाेद्धारका लागि बजेट छैन भनेर पन्छिएको अवस्था छ । नगरपालिकाका पूवमेयर डा. धवलशम्शेर राणाका अनुसार वि.सं. १८६० पछि निर्माण गरिएको सो ऐतिहासिक महत्वको तलाउप्रति अहिलेका नगरपालिका पदाधिकारी जिम्मेवार हुन सकेका छैनन् । ‘करिब रु. ३० लाखभन्दा बढी खर्चलाग्ने भएकाले बजेटको अभावमा तलाउको जीण्ाद्धार गर्न नसकिएको हो’ नगर प्रमुख लोकबहादुर सुनारले भने । रानीतलाउको संरक्षण गर्नसकिएमा आन्तरिक तथा बाहृय पर्यटक नेपालगन्ज भित्र्याउन सकिने र पर्यटनको विकासमा समेत टेवा पुग्ने सरोकारवाला बताउँछन् ।