मध्य र सुदूरका हिमाल चढ्न शुल्क नलाग्ने
काठमाडौ, २९ कात्तिक – सरकारले निशुल्क रुपमा मध्य र सुदुरमश्चिका हिमाल आरोहण गर्ने व्यवस्था मिलाएको छ ।पर्यटकको आवागमन बढाउन र यी क्षेत्रका हिमालको प्रचार प्रसार गर्न निशुल्क आरोहणको व्यवस्था मिलाईएको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।पहिले मध्य र सुदुरपश्चिम क्षेत्रका हिमाल आरोहणका लागि शुल्क लिने गरेको भएपनि अहिले शुल्क तिर्नू नपर्ने मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिए । ती क्षेत्रमा अहिले युरोपेली मुलुकका पर्यटकहरु धेरै पुग्ने गरेका छन् ।
सहसचिव बुर्लाकोटीका अनुसार पर्यटकको सहजताका लागि देशका मुख्य मुख्य पर्यटकीय ठाउँमा पर्यटक प्रहरी परिचालन गरिएको छ । अहिले देशभर २ सय ३४ पर्यटक प्रहरी परिचालन छन् । पर्यटक प्रहरीले पर्यटकको सेवा सुविधा र उनीहरुको समस्या समाधानमा सहयोग गर्ने गरेका छन् । यस्तै पर्यटकको आवागमन बढाउन नयाँ पदमार्ग र हवाई मार्गको अध्ययन गर्ने काम पनि भइरहेको छ भने भइरहेका पद मार्गहरुको मर्मत गर्ने प्रक्रिया अगाडी बढाएको छ ।