अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता पुस ११ देखि

२०७० मंसिर १० गते, सोमबार

काठमाडौं, १० मंसिर । चितवनको पर्यटकीय नगरी सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको दशौँ संस्करणको तयारी सुरु गरिएको छ ।यस वर्ष क्षेत्रीय होटल सङ्घ सौराहाले महोत्सव एवम् अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता पुस ११ देखि १५ गतेसम्म सौराहामा गर्न लागेको छ ।क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार भएको भेलाले सङ्घका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रकुमार विष्टको संयोजकत्वमा नौ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । सहआयोजक बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष बलराम दाहाल, सौराहा बचत तथा ऋण सहकारी लिका अध्यक्ष गोपीकृष्ण श्रेष्ठ, रेवान सौराहाका अध्यक्ष सीताराम कुमाल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाइर्ं, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बिपी चौधरी, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अशोक र सौराहा पर्यटन व्यवसायी समूहका अध्यक्ष गोपाल अधिकारी रहेका छन् ।
विगतका वर्षमा निशुःल्क प्रवेश दिइएको यस प्रतियोगितामा यस पटक टिकटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष भट्टराईले पर्यटक र दर्शकलाई विशेष सुविधा दिन टिकटसहित २०० वटा कुर्ची राख्न लागिएको बताए ।प्रतियोगितामा हात्ती दौड, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, टाँगा दौड, गाडा दौड, डुङ्गा दौडसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । प्रतियोगिता बाघमारा मध्यवर्ती वनको खुल्ला चौरमा हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार