माकेका निर्वाचित निवर्तमान वडा अध्यक्षसहित दुई दर्जन नेकपामा प्रवेश

२०७९ बैशाख २७ गते, मंगलवार


काठमाडौं । कैलालीको घाेडाघाेडीमा माओवादी केन्द्रकातर्फबाट निर्वाचित निवर्तमान वडा अध्यक्षसहित दुई दर्जनले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । घाेडाघाेडी नगरपालिका वडा नम्बर १२ मा का २०७४ मा माओवादी केन्द्रका तर्फबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष पर्मा कुमार चाैधरी, सदस्यहरु प्रभु चाैधरी, मानबहादुर चाैधरी, चन्द्रा चाैधरी र ओमकला परियार लगायत दुई दर्जनले साेमबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
पहिलो निर्वाचनमा निर्वाचित याे टिम अहिले पनि खरायो चुनाव चिन्ह लिएर स्वतन्त्र रुपबाट वडाको चुनावमा हाेमिएकाे छ । जनताको राम्रो काम गर्दागर्दै कथित गठबन्धनको नाममा माओवादी केन्द्रले अपमान र पक्षपात गरि अर्कोलाई टिकट दिएपछि याे टिम पुनः स्वतन्त्र उम्मेदवारी दिएर अगाडि बढेको छ । यसलाई पार्टीको नीति बमोजिम नेपाल कम्युनिस्ट पार्टीले सहयोग र समर्थन गरेको छ ।
साेमबार पार्टी प्रवेश तथा ध्रुवीकरण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओम प्रकाश पुनले पार्टीको तर्फबाट याे स्वतन्त्र टिमलाई हरसम्भव सहयोग गर्ने बताएका छन् । पार्टीमा प्रवेश गरेकालाई सम्मान तथा स्वागत गर्दै नेता पुनले आफ्नो पार्टीले संसदीय दलाल पुजीवादी व्यवस्थालाई विस्थापित गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य लिएको र याे चुनावलाई पार्टीले संगठन र संघर्षको माेर्चाकाे रुपमा प्रयाेग गरेको कुरामा जाेड दिएका थिए । कार्यक्रममा पार्टीका कैलाली जिल्ला सचिव गणेश ढकाल, कञ्चनपुरका सचिव प्रकाश मल्ल, विशेष कमिटी सचिव किरण, विशेष कमिटी सदस्य जयदत्त पाण्डे, सचिवालय सदस्यहरु बरदान, पवित्र , जितु, मधुसूदन लगायत जिल्ला कमिटी, युवा, विद्यार्थी र स्थानीय जनताको उपस्थिति रहेको थियो । कार्यक्रमकाे संयाेजन तथा सञ्चालन पार्टीका नगर सचिव अर्जुन कठरिया र स्वागत नगर इन्चार्ज भरत शाहले गरेका थिए । नव प्रवेशिका तर्फबाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पर्मा चाैधरीले माओवादी केन्द्रले अवमूल्यन गरेता पनि आफ्नो टिमले गत कालमा पनि राम्रा जनपक्षीय काम गरेको र आगामी दिनमा पनि आफुहरु विजय भए थप राम्रोसँग जनताका काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार