उदयपुरस्थित गढि गाउँपालिकाको संयुक्त वार्ड सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुर गढि गाउँपालिकाको ४ वाट वार्डको संयुक्त वार्ड सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा उदयपुर ,ओखलढुंगा जिल्ला ईन्चार्ज विबेक कुमालले कार्यक्रमलाई सम्बोधन गर्दै नवौ महाधिवेशनलाई सफल पार्न जिल्लामा राजनीतिक , आर्थिक , संगठनात्मक र प्रचार प्रसारको कामलाई घनिभुत पार्ने , बिकास निर्माणका नाममा भैरहेका कमिसन , भ्रस्टाचार विरुद्ध जनपरिचालन र जनसंघर्स गर्ने ,एमसिसी , एसपिपी , महङ्गीबिरुद्ध जनताको विचमा जनजागरण अभियान पैदा गर्नका लागि यो सम्मेलनको उदेश्य सफल हुने छ भन्ने कुरामा जोड दिएका थिए।
उनले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीसंग भएको तिन बुद्ध बार्ताको उलंघन गरि आजसम्म हाम्रा नेताकार्यकर्तालाई जेल मुक्त नगरेको कारण त्यसको विरुद्धमा अबो जिल्ला जिल्लामा देशब्यापि रुपमा संघर्षको कार्यक्रम आयोजना गरि यो दलाल सरकारलाई सडकबाट जनताले फाक्ने दिन धेरै टाढा नभएको भन्दै सम्मेलनबाट नबनिर्बाचित टिमलाई शुभकामना दिदै दलाल संसदिय व्यवस्थाको भण्डाफोर र बैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणका लागि एकीकृत जनक्रान्तिको कार्यदिशालाई आत्मसात गर्दै अगाडि बढ्न आह्वान गरेका थिए।
त्यस्तै कार्यक्रमको अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मणले देश अहिले ठुलो संकटमा परेको कारण देशलाई वैदेशिक हास्तक्षेप बाट बचाउन सम्पूर्ण नेपाली जनतालाई गोलबन्द गर्दै नेपाल कम्युनिस्ट पार्टीले त्यसको नेतृत्व गर्दै अगाडि बड्ने कुरा बताउदै उनले देशमा भएको महंगि भ्रष्टाचार ,बलात्कारलाई रोक्न जस्तो सुकै चुनौति आए पनि आफुहरु पछाडि नहट्ने कुरा राख्दै उनले जनतालाई
साथ दिनको लागि अपिल गरेका थिए।
त्यस्तै कार्यक्रमका अतिथि तथा गढि गाउँपालिका ईन्चार्ज जित बहादुर पुलामिले पनि कार्यक्रममा सम्मेलनको महत्त्व ,संगठनले पालिकामा खेल्नु पर्ने भुमिकाको बारे र आगामी दिनमा पार्टीले खेल्ने भुमिकाको बारेमा महत्त्वपूर्ण भनाईहरु राखेका थिए।
उक्त सम्मेलन बाट निर्बाचित वार्ड न ६ बाट सम्बर तामाङको संयोजकमा ७ जना वार्ड समिति गठन गरेको छ।त्यस्तै वार्ड नम्बर ४ बाट नबिन खपाङ्गिको नेतृत्वमा ४ जना,वार्ड नम्बर ७ बाट सन्तोष मोतेको नेतृत्वमा ५ जना र वार्ड नम्बर ८ बाट खुप्तन नेपालीको नेतृत्वमा ५ जना वार्ड समिति गठन गरि नब निर्बाचित टिमलाई अतिथि हरुले अबिर लगाएर सफलताको शुभकामना दिदै सम्मेलन भब्यताको साथमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको संचालक उदयपुर जिल्ला सदस्य सुरेस राई र सभा अध्यक्ष सम्बर तामाङले गरेका थिए।
-अनिता गजमेर