माओको शिक्षा : लड्न तयार हौ , जित्न सकिन्छ

काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओत्सेतुङले संसारभरिका उत्पीडित तथा न्यायप्रेमी जनताका लागि दिएको मुख्य शिक्षा र माओको जिवनको मुख्य सारपक्ष भनेको नै लड्न तयार हौ , जित्न सकिन्छ ‘ भन्ने हो र यो नै हामीले अनुकरण गर्नु पर्ने विषय भएको उल्लेख गरेका छन।चीनिया कम्युनिस्ट पार्टीका अध्यक्ष , नयाँ जनवादी क्रान्ति चिनका प्रणेता तथा क्रान्तिकारी नेता माओत्सेतुङको १ सय ३० औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन।

“माओले चीनिया क्रान्तिको इतिहासमा दर्शन , बिचार , अर्थशास्त्र र बैज्ञानिक समाजवादका क्षेत्रमा कैयौं योगदान गरेका छन।मजदुर , किसान , युवा , महिला र रास्ट्रीय पुजिपतिको बारेमा निकै महत्त्वपूर्ण बिश्लेषण र अन्वेषण गरेका छन ।ती विषयहरु चिनका लागि मात्रै होइन, नेपाल लगाएत विश्वकै लागि सार्वभौम महत्त्वका छ्न।तर माओबाट शिक्नु पर्ने यी शिक्षाहरु हुदाहुदै पनि यदि जनता लड्न तयार हुने हो भने जित्न सकिन्छ भन्ने कुरा नै हाम्रा लागि महत्त्वको कुरा हो”उनले भने-” माओअघि चिनमा पनि राज्यसत्तासङ्ग लडेर सकिन्न , यत्रो सेना छ , यति धेरै हतियार छ्न , आधुनिक साधन -श्रोत छ भन्ने मान्यता जनतामा थियो।चिनमा अन्याय , अत्याचार , दुख र शोषण थियो तर यसबाट मुक्त कसरी हुने भन्ने कुरा किसान मजदुरलाई ज्ञान थिएन । माओले त्यसप्रकारको निराशालाई चिर्दै लडेर बिजयी बनाएर सावित गरेर देखाउनु भयो।”
” हामीले नेपालमा पनि जनयुद्धको क्रममा लडेर ग्रामीण इलाकामा जनताको सत्ता स्थापित गर्न सम्भव तुल्यायौ।हाम्रा मजदुर, किसान युवा ,विद्यार्थीहरु लड्न तयार भए।यो नै हामीले माओत्सेतुङबाट सिकेको शिक्षाको सार हो” उनले थपे।

सोमबार नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तु स्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्ने क्रममा महासचिव विप्लवले- माओ जयन्तीको अवसरमा माओको चर्चा अरुले पनि गरेका छ्न, सायद प्रचण्ड कमरेड पनि एक प्रेस बिज्ञप्ती जारी गरेर माओको चर्चा त गर्नु हुन्छ होला ।यतिबेला उहालाई रास्ट्रपति विद्या भण्डारीले सपथ ग्रहण गरेर पढाउदै हुनुहुन्छ होला ।प्रचण्डले यो पनि माओले भने अनुसार नै गरिरहेका छौ पनि भन्नु हुन्छ होला।त्यो उहाँको कुरा भयो ।त्यसको ठिक उल्टो हामी लगाएत नेपालका क्रान्तिकारी शक्तिहरु आज माओको चर्चा गर्दैछौ, हामीले चर्चा गर्नुको अर्थ आजका हाम्रा दुख , कस्ट , शोषण , उत्पीडनबाट मुक्त हुने बाटो पहिल्याउनका लागि हो ।आजको दिनको सान्दर्भिकता र औचित्य पनि यसो गर्नुमा नै रहन्छ भन्दै क्रान्तिकारीहरु निराश हुने होइन , हाम्रा हार र असफलताबाट सिक्दै अघि बढ्नु पर्ने बताए।
एक फरक प्रसङ्गमा महासचिव विप्लवले – काठमाडौमा बालेनहरुको डोजर बिरुद जनता प्रतिरोध गर्न तयार भए। जब जब समाजमा अन्याय हुन्छ र मान्छेलाई अन्यायको महसुस हुन्छ, तबतब जनता लड्न तयार हुन्छ।नेपाल र संसारभरि राज्यले जतिसुकै दमन गरेर बम हाने पनि मान्छे बोल्न छोड्दो रैन छ भन्ने कुरा धेरै पटक प्रमाणित भएको छ।त्यसैले बालेनको डोजर विरुद्ध भुमिहिन सुकुम्बासीको आफ्नै बन्दुक हुनु जरुरी छ भन्ने कुरा पनि प्रष्ट भएको छ।
महासचिव विप्लवले नेपालमा एकीकृत जनक्रान्ति गर्न सबै कम्युनिष्ट एकजुट हुनुपर्ने बताउदै प्रचण्डले माओवाद सिद्धान्त बिर्सिएको ठोकुवा गरे । उनले प्रधानमन्त्री पदको सपथ लिएका प्रचण्डले माओवादलाई कहिल्यै आत्मसात नगरको र एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड एकै प्रवृतिका सत्तालिप्त नेता भएको बताए ।

उक्त कार्यक्रमलाई सोबोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले माओलाई हरेक दिन सम्झाना गर्नुपर्ने बताए । माओत्सेतुङ्गले चिनियाँ क्रान्तिबाट ल्याएको परिवर्तन जस्तै नेपालमा माओको विचार मान्नेहरु अब क्रान्तिको पक्षमा लाग्नु पर्ने अध्यक्षकट्टेलले बताए । उत्पीडित समुदायलाई राज्यसत्तामा पुर्याइ उनीहरुको स्तर अघि बढाउन माओका विचार अनुसार लाग्नुपर्नेमा जाेड दिए । नेपालमा क्रान्तिको मोडल परिवर्तन गरी सबै कम्युनिस्ट एकजुट हुनु पर्नेमा जोड समेत दिए ।
कार्यक्रममा वैज्ञनिक समाजवादी पार्टी महासचिव विश्वभक्त दुलाल (आहुती) ले नेपालका कम्युनिष्टहरु चिनिया जस्तै अग्रसर हुनुपर्ने बताए । चीनियाहरु क्रान्तिबाट सफल भएकाले नेपालका सबै मजदुर, किसानहरु क्रान्तिको नेतृत्व गर्नुपर्ने जानकारी दिए । माओका तीन हतियार जस्तै पार्टी, सेना र संयुक्त मोर्चा अनुसार हामी नेपाली कम्युनिस्टहरु अघि बढ्नु पर्ने आहुतीले बताए । क्रान्ति सफल बनाउनका लागि सबै उत्पीडित समुदाय एक जुट हुनुपर्नेममा जाेड दिए ।
नेकपा समाजवादी माओवादी केन्द्र अध्यक्ष कर्णजित बुढाथोकी (सुनिल) ले प्रचण्डले सत्ताको क्रान्तिको बाटो बिर्सेको बताए । प्रचण्डको सत्तालिप्त अभ्यासले माओवादी बदनाम भएको बताए । अबको यात्रामा माओवादीहरु नयाँ रणनीति अनुसार अघि बढ्नु पर्ने सुनिलले जाेड दिए ।
उक्त कार्यक्रमको सञ्चालन नेकपा स्थायी कमिटी सदस गोकुल सि ले गरेका थिए।