सुन तोलाको एक लाख १९ हजार ५०० रुपैयाँ

२०८० माघ १ गते, सोमबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २४.७६ अंकले घट्यो

२०८२ असार ५ गते, बिहीबार

११ महिनामा सवा दुई खर्ब ऋण !

२०८२ असार ५ गते, बिहीबार

नेप्से १.०७ अंकले घट्यो

२०८२ असार ४ गते, बुधबार

नेप्से ३.९० अङ्कले घट्यो

२०८२ असार ३ गते, मंगलवार