रूसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन आग्रह

२०८० माघ ६ गते, शनिबार

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन र नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा भइरहेको नामको शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरी उक्त आग्रह गरेका हुन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताएका थिए ।
उनले युक्रेनसँग भएको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेको र जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु