पाकिस्तानमा भूकम्प : १२ जनाको मृत्यु, १७५ जना घाइते

२०७९ चैत्र ८ गते, बुधबार


काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । हालसम्म पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तबाट मात्रै भूकम्पका कारण भएको क्षतिको विवरण प्राप्त भएको छ ।
पाकिस्तानमा मंगलबार राति ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको केन्द्र अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको पाइएको छ ।
भारतको राजधानी दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरियो । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म सबैभन्दा बढी मृत्यु स्वात जिल्लामा भएको छ । अधिकारीका अनुसार स्वात कलाम सडक पनि बन्द भएको छ । त्यसपछि तल्लो दिरमा चार जनाको मृत्यु भयो भने २७ जना घाइते भए । मलाकन्दमा एक जनाको मृत्यु भएको छ ।
स्वात सैदु शरीफ अस्पतालमा आपतकाल घोषणा गरिएको छ । अर्कोतिर जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले सबै कर्मचारीहरूलाई सतर्क गराइएको र घाइतेहरूलाई चिकित्सा सुविधा उपलब्ध गराइएको जानकारी गराए । खैबर पख्तुनख्वा प्रान्तका विभिन्न क्षेत्रहरूबाट छतहरू भत्किने र भवनहरूमा क्षति पुगेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]