मुख्य समाचार

पत्रकार उमाकान्तको कोठामा प्रहरीको छापा

काठमाण्डौ, ३० साउन । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त शर्माको कोठामा प्रहरीले छापा मारेको छ । नमस्ते पोष्टको सम्पादक रहेका केन्द्रीय सदस्य शर्माको काठमाण्डौंको लैनचौरमा हरेको कोठामा प्रहरीले छापा मारेको हो । हिजो दिउँसो प्रहरीले छापा मारेर आफ्नो डायरी, कागजपत्र किताबहरु लगेको केन्द्रीय सदस्य शर्माले जानकारी दिए । प्रहरीले विनाकारण छापा मारेको भन्दै […]

२०७५ श्रावण ३० गते, बुधबार

नेकपाका केन्द्रिय सदस्य किरण र दिपेशसहित चार जना गिरफ्तार

काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी दुई जना केन्द्रिय सदस्य सहित चार जनाई प्रहरीले गिरफ्तार गरेको छ । केन्द्रिय सदस्य तथा सगरमाथा व्युरो इन्चार्ज दिपेश राई, केन्द्रिय सदस्य तथा कोसी व्युरो ईन्चार्ज किरण राई, सगरमाथा व्युरो सदस्य. राकेश र शैलेसलाई मंगलबार राति प्रहरीले धरानबाट गिरफ्तार गरेको हो । सुतिरहेके अवस्थामा उनीहरुलाई अपहरण सैलिमा प्रहरीले […]

२०७५ श्रावण ३० गते, बुधबार

प्रकाण्डलाई पुन : १ दिन म्याद थप

काठमाडौं,२९ साउन । साउन २२ गते काठमाडौंको चोभारबाट साँझ साढे सात बजेतिर प्रहरीले अपहरण शैलीमा गिरफ्तार नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई अनुसन्धान गर्न आज पुन : १ दिन म्याद थप गरेको छ । यसघि प्रहरीले अनुसन्धानका लागि भन्दै १५ दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले २ दिन मात्र म्याद थपको अनुमति दिएको थियो ।

२०७५ श्रावण २९ गते, मंगलवार

‘अन्तिम लडाइँ लड्न जरुरी भइसकेको छ ‘

काठमाडौं,२९ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लडन जरुरी भईसकेको बताएका छन् । आज नेपाल बन्द सकिएलगत्तै विप्लवले विज्ञप्ति जारी गरेर बन्दलाई सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् । विज्ञप्तिमा विप्लवले नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी […]

२०७५ श्रावण २९ गते, मंगलवार

विभिन्न ठाउँमा बम विस्फोट, बन्द अवज्ञा गर्ने सवारी साधन तोडफोड

काठमाडौं, २९ साउन । नेपालबन्दमा राजधानीलगायत देशका विभिन्न ठाउँमा बम विस्फोट, बन्द अवज्ञा गर्ने सवारी साधन तोडफोड भएको छ । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण नेपालको पूर्वी क्षेत्र पनि प्रभावित भएको छ । पूर्वका जील्लामा पनि बन्दको प्रभाव परेको हाम्रा सहकर्मीले जनाएका छन् । बिहानैबाट यातायातका साधन चल्न सकेका छैन । बन्द […]

२०७५ श्रावण २९ गते, मंगलवार

आज नेपाल बन्द , देशभरको जनजीवन प्रभावित

काठमाडौं ,२९ साउन । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको आजको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण काठमाडौँ उपत्यकासहित देशभरमा शैक्षिक सस्था , कलकारखाना बन्द भएका छन । सडकमा अत्ति आवश्यकीय सवारी साधान मात्रै गुडेका छन् । यसैबीच काठमाडौँ, भक्तपुर, जाजरकोट, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । काठमाडौंको बल्खु चोकमा […]

२०७५ श्रावण २९ गते, मंगलवार

प्रकाण्डसंग बयान लिईदै

काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डसंग सरकारी वकिल कार्यालयले आज बयान लिने भएको छ । हिजो समयाभावको कारण देखाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजको लागि बयान सारेको हो । हिजो प्रकाण्डका स्टाफ हरिचन्द्र आचार्य, कार्यकर्ताद्वय मानबहादुर श्रेष्ठ र प्रमेश दर्नाललाई सरकारी वकिलले बबरमहल कार्यालयमा बयान लिएका थिए । उनीहरुलाई करिब ५ […]

२०७५ श्रावण २९ गते, मंगलवार

आज मसाल जुलुश , भोलीको नेपाल बन्द आक्रामक बन्ने संकेत

काठमाडौं, २८ साउन । नेपाल कम्युनिष्ट पार्टीले आज देशभर मसाल जुलुश निकाल्ने तयारी गरेको छ । पार्टीका प्रवत्ता प्रकाण्ड सहितका नेता कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा मसाल जुलुश निकाल्न लागेको हो । पूर्व घोषित कार्यक्रमअनुसार आज मसाल जुलुश निकाल्ने नेकपाले भोलिका लागि नेपाल बन्दको आह्वान समेत गरेको छ । गत मंगलबार काठमाडौँको दक्षिणकालीबाट ‘प्रकाण्ड’सहित तीनजना पक्राउ […]

२०७५ श्रावण २८ गते, सोमबार

प्रकाण्डलाई ४८ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, २८ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ । सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी मानसिक र शारीरिक यातना दिई थुनामा राखेको भन्दै त्यसविरुद्ध प्रकाण्डका छोरा नरेन्द्र विकले प्रकाण्डसहित तीन जनालाई नेता–कार्यकर्तालाई थुनामुक्त गर्न माग गर्दै आइतबार सर्वोच्चमा […]

२०७५ श्रावण २९ गते, मंगलवार

प्रकाण्डको गिरफ्तारीको चौतर्फी आलोचना, सरकारलाई सच्चिन सुझाब

काठमाडौँ, २७ साउन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेपछि यसको चौतर्फी आलोचना भएको छ । आपूmहरुलाई सीआईबीबाट खटिएका बताउने टोलीले गतमंगलबार साँझ साढे सात बजेतिर काठमाडौँको दक्षिणकाली जाने बाटोमा पर्ने टौदहवाट प्रवक्ता प्रकाण्ड, स्टाफ हरिचन्द्र आचार्य ‘विमर्श’ र मिनबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको थियो । गिरफ्तार पछि प्रकाण्डलाई मानसिक यातना ज्यादा दिएको र […]

२०७५ श्रावण २७ गते, आईतवार