मुख्य समाचार

माओवादीको महाधिवेशन सकियो ,लिवाङमा घोषणा सभा हुने

काठमाडौ , १० फागुन । नेकपा (माओवादी) ले यहि फागुन १४ गते रोल्पाको लिवाङमा खुला सभा गर्ने भएको छ । हालै सम्पन्न महाधिवेशनको निर्णय सो खुला सभा मार्फत सार्बजनिक गर्ने माओवादीले बताएको छ । काठमाडौँमा फागुन १ गते उद्घाटन गरी फागुन ५ गतेबाट रोल्पाको थवाङमा जारी महाधिबेशन आज सकिएको हो । बन्दसत्रमा पार्टीका महासचिब विप्लवले […]

२०७३ फाल्गुन १० गते, मंगलवार

स्थानीय चुनाव असफल पारिदिने ठोकुवा

काठमाडौँ , ९ फागुन । नेकपा (माओवादी) का महासचिब विप्लवले स्थानीय चुनावको सशक्त प्रतिरोध गर्ने बताएका छन् । पार्टीको आठौ महाधिवेशनका लागी रोल्पाको थवाङमा रहेका विप्लवले रोल्पाबाटै बिज्ञप्ति प्रकाशित गर्दै स्थानीय तहको निर्वाचनलाई असफल पार्ने उदघोष गरेका छन । गाउँ गाउँमा आफ्नो जनसत्ता सञ्चालन भइरहेका बेला सरकारले स्थानीय तहको चुनाव घोषणा गर्नुको कुनै औचित्य नरहेको […]

२०७३ फाल्गुन १० गते, मंगलवार

माओवादी होइन, नेपाल कम्युनिष्ट पार्टी

काठमाडौ, ९ फागुन । नेकपा (माओवादी)को ८ औं महाधिवेशनको बन्दसत्रले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको छ । रोल्पाको थवाङमा सम्पन्न महाधिवेशनको बन्दसत्रले महासचिव विप्लवको राजनितिक प्रतिवेदन र प्रवक्ता प्रकाण्डको पार्टीे विधान सुझावसहित पारित गरेको छ । यसअघि नयाँ जनवादी क्रान्तीको एजेन्डा अंगाल्दै आएकोमा अब समाजवादी क्रान्तीको कार्य दिशातर्फ अघि बढ्ने […]

२०७३ फाल्गुन ९ गते, सोमबार

माओवादीको बन्दसत्रमा एकीकृत जनक्रान्तिलाई घनिभूत बनाउन माग

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी) को महाधिबेशनको बन्दसत्रमा विभिन्न विषयमा समूहगत छलफल जारी छ । रोल्पाको थवाङ्गस्थित सहिद सभा हलमा जारी बन्दसत्रमा आजपनि बिहान आठ बजेदेखि नै समूहका नेताबाट सुझाव पेश भइरहेका छन् । बन्दसत्रमा प्रस्तुत विधान र महासचिवको राजनीतिक प्रतिवेदनमाथि समूह छलफलको लागि विभाजन गरिएको ब्यूरो अनुसारको २१ वटा समूह मध्ये १५ वटा […]

२०७३ फाल्गुन ८ गते, आईतवार

‘समानान्तर होइन, अव वैकल्पिक सत्ता’

काठमाडौं, ७ फागुन । नेकपका (माओवादी)को रोल्पाको थबाङमा जारी महाधिबेशनको बन्दसत्रमा विधान र महासचिव विप्लबद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । बन्दसत्रमा देशभरका प्रतिनिधि र पर्यवेक्षक सहभागी छन । बन्दसत्रको सुरुमा सुभेच्छुक विदेशी भाइचारा संगठनका प्रतिनिधि र अतिथिले शुभकामना दिएका थिए। त्यसपछि पार्टी कार्यसमिति, संगठनको ढाँचा कस्तो वनाउने भन्नेबारे पनि बन्दसत्रमा छलफल भइरहेको बताइएको […]

२०७३ फाल्गुन ७ गते, शनिबार

माओवादी महाधिवेशनको बन्दसत्र चल्दै , महासचिवको राजनितिक दस्तावेजमाथि समुहगत छलफल हुदै

काठमाडौ, ६ फागुन । नेकपा माओवादीको ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रमा आजदेखि महासचिव विप्लवको राजनितिक प्रतिवेदनमाथि समुहगत रुपमा छलफल हुदैछ । पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव विप्लवले प्रस्तुत गरेको राजनितिक दस्तवेजमाथि आज विभिन्न २० वटासमुहमा गर्ने तयारी भएको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए । समुहगत छलफलपछि दिउँसो दुई बजेपछि […]

२०७३ फाल्गुन ६ गते, शुक्रबार

स्ववियु निर्वाचन सर्‍यो

काठमाडौं, ५ फागुन । प्रमुख तीन दल र माओवादी निकट विद्यार्थी संगठनबीच आज भएको छलफलमा स्ववियु निर्वाचन केही दिने सार्ने समझदारी भएको छ । छलफलमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने र माओवादी निकट अखिल क्रान्तिकारीका नेता सहभागी थिए । नेपाली कांग्रेस, नेकपा एमाले र […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

माओवादी महाधिवेशनको बन्दसत्र सुरु हुदै

काठमाडौं, ५ फागुन । नेकपा (माओवादी) को आठौं महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुदैछ । रोल्पाको थबाङमा सुरु हुने सो बन्दसत्र फागुन १० गतेसम्म चल्ने आयोजकले बताएको छ । महाधिवेशनमा देशैभरका प्रतिनिधि, पर्यवेक्षक स्वयमसेवकसहित १ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ । यो महाधिवेशनले नेपालमा जनताको सत्ता नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी

काठमाडौं, २ फागुन । अखिल क्रान्तिकारीले त्रि.विका रेक्टर,स्ववियु निर्वाचन प्रमुख तथा शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी गरेको छ । स्ववियु निर्वाचनसम्बन्धी गतिबिधी जवर्जस्ती लागु गर्न खोजेको भन्दै माओबादीनिकट क्रान्तिकारीले काठमाडौँको युएन पार्क नजिकै शिक्षाध्यक्ष त्रिपाठीको गाडी जलाएको हो । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको बताइएको छ । यसअघि स्ववियस निर्वाचन तालिका सार्न अखिल क्रान्तिकारीले […]

२०७३ फाल्गुन २ गते, सोमबार

‘जनयुद्धको सपना पूरा गरेरै छाड्छौ ‘

काठमाडाैँ, १ फागुन । नेकपा माओवादीका महासचिव विप्लवले जनयुद्धको सपना पूरा गरेरै छाड्ने ठोकुवा गरेका छन । नेकपा (माओवादी)को आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले माओवादी जनताको पक्षमा बलिदान गरेको र ईतिहास बोकेको पार्टी भएको भन्दै कसैले पराजीत गर्न नसक्ने दाबि गरे । काठमाडाैँको खुल्लामञ्चमा शक्ति प्रदर्शन […]

२०७३ फाल्गुन १ गते, आईतवार