राजनीति

राष्ट्रिय सभाका १९ जना सांसदको कार्यकाल सकिँदै

काठमाडौँ । राष्ट्रिय सभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदैछ । जसमा एमालेका आठ, नेकपा (माओवादी केन्द्र) का ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद रहेका कार्यकाल सकिँदैछ । रिक्त हुन लागेकामध्ये १ जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् ।कार्यकाल सकिएर बिदा हुन […]

२०८२ कार्तिक १४ गते, बिहीबार

ओलीद्वारा सर्वपक्षीय सरकार बनाउन प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संकट टार्न आफू प्रधानमन्त्री नबन्ने गरी जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्।राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग भएको भेटवार्ताका क्रममा ओलीले सर्वपक्षीय सरकार बनाउने प्रस्ताव गरेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।ओलीले असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको […]

२०८२ कार्तिक १३ गते, बुधबार

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै […]

२०८२ कार्तिक १३ गते, बुधबार

सिंगापुर पुगे देउवा दम्पती

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा उनीहरु दुबै जना ह्विलचेयरमा देखिएका थिए ।गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने […]

२०८२ कार्तिक १२ गते, मंगलवार

एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने बताइएको छ । एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको हो।बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरेको छ।पार्टीका […]

२०८२ कार्तिक १२ गते, मंगलवार

देउवा दम्पती सिंगापुर जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणासहित आज राति ९ बजे थप उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।देउवा दम्पतीमाथि जेनजी आन्दोलनको दोस्रोदिन ( भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको […]

२०८२ कार्तिक ११ गते, सोमबार

भदौ २४ गते भएको विध्वंसमा संलग्न ७६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले भदौ २४ गते भएको विध्वंसमा संलग्न मध्ये अहिलेसम्म ७६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आगजनी तोडफोड र आपराधिक उपद्रवमा संलग्न ६३, ज्यान मार्ने उद्योगमा संलग्न १ र अभद्र व्यवहारमा संलग्न ३ जनालाई काठमाडौंपक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले प्रहरीको हत्यामा संलग्न ९ जनामध्ये ४ जना […]

२०८२ कार्तिक ७ गते, बिहीबार

नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात […]

२०८२ कार्तिक ६ गते, बुधबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा गौरव

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् ।८० बर्षिय किरणले स्वास्थ्य लगायतको कारण देखाउँदै स्वैच्छिक राजीनामा दिएपछि उनको स्थानमा पार्टीले सीपी गजुरेल ‘गौरव ‘लाई महासचिव बनाउने निर्णय गरेको बताइएको छ ।सो पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासचिवबाट मोहन वैद्य किरणले दिएको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा […]

२०८२ कार्तिक ३ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । सो पार्टीको हालै सम्पन्न नवौँ केन्द्रिय समितिको तेस्रो विशेष बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको बताइएको छ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले हालै सम्पन्न नवौँ केन्द्रिय समितिको तेस्रो […]

२०८२ कार्तिक ३ गते, आईतवार