राजनीति

चुनावको विषयमा गरिएका प्रचारबाजी पार्टीलाई बदनाम गराउने प्रतिक्रियावादीहरूको षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले पार्टीविरुद्ध प्रतिक्रियावादीहरूले अनेकन भ्रामक प्रचारबाजी गरेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी दाङको सातौँ पूर्ण बैठकलाई सम्बोधन सो कुरा बताएका हुन् । नेता शितलले भने, ‘स्थानीय चुनावको विषयमा गरिएका प्रचारबाजी र पार्टीलाई बदनाम गराउने प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई परास्त गरिएको छ ।’ नेता शितलले स्थानीय चुनावमा पार्टी दर्ता गरेर […]

२०७८ चैत्र २४ गते, बिहीबार

नेकपा सुर्खेतद्वारा राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले जिल्लास्तरीय संयुक्त राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । सो प्रशिक्षणका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत–दैलेख इन्चार्ज एटम बीसीले संसद्वादी दलाल नेता र व्यवस्थाले साम्राज्यवादको हदैसम्मको दलाली गर्दै महँगी, कालोबजारी, भ्रष्टाचार, कमिसन, व्यापारघाटा, विदेशी ऋण र वैदेशिक हस्तक्षेप बढाएको बताए । उनले एमसीसीजस्ता राष्ट्रघाती सन्धि गरेर सरकारले शोषण, […]

२०७८ चैत्र २४ गते, बिहीबार

नेकपाद्वारा भ्रष्टाचार, राष्ट्रघात, महँगी र एमसीसीविरुद्ध जनसभाको आयोजना : महासचिव विप्लवले सम्बोधन गर्ने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचार, राष्ट्रघात, महँगी र एमसीसीविरुद्ध जनसभाको आयोजना गरेको छ । यही २४ गते जनआन्दोलन दिवसका दिन चितवनको भरतपुरस्थित चौबीसकोठीमा आयोजना गरेको उक्त सभालाई नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने बताइएको छ ।यसैबीच, नेकपा चितवनले महासचिव विप्लवले सम्बोधन गर्ने सभामा सहभागिताका लागि आम जनसमुदायलाई आह्वानसमेत गरेको छ ।

२०७८ चैत्र २१ गते, सोमबार

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

काठमाडौं । अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो । काठमाडौंस्थित राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन लागेकाले उनको ठाउँमा थम्पसनलाई पठाउन लागिएको हो । थम्पसन हाल अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुनुहुन्छ । सो क्षेत्रका देशहरुसँगको […]

२०७८ चैत्र १६ गते, बुधबार

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध

काठमाडाैँ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच साेमबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका […]

२०७८ चैत्र १५ गते, मंगलवार

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्वसम्मेलन तथा महाधिवेशनको समापनका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप, पुँजी र प्राविधिक ज्ञानलाई नेपालको विकासका निम्ति लगानी भित्र्याउन आग्रह गरेका छन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विदेशमा रहेका नेपालीले स्वदेशमा लगानी भित्र्याउने उपयुक्त वातावरण बनेको भन्दै त्यस प्रयोजनका निम्ति […]

२०७८ चैत्र १४ गते, सोमबार

नेपाल र चीनबीच नौ वटा समझदारी

काठमाडौँ । नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्कालगायत दुई देशका प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी-पत्रमा हस्ताक्षर भएको हो । जसअन्तर्गत नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन […]

२०७८ चैत्र १२ गते, शनिबार

जसपा प्रमुख सचेतक एवं सांसद प्रमोद साह कुटिए !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सांसद प्रमोद साह स्थानीयबाट कुटिएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा शनिबार आज बिहान क्लबको भवन निर्माणको विषयमा विवाद हुँदा सांसद साह कुटिएका हुन् । सो स्थानमा सांसद साह र स्थानीय पक्षबीच झडप नै भएको स्थानीयले बताएका छन् । साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ […]

२०७८ चैत्र १२ गते, शनिबार

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौँमा

काठमाडौँ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ तीनदिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्। विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थिए। विदेशमन्त्री वाङ दक्षिण […]

२०७८ चैत्र ११ गते, शुक्रबार

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदैछन् । वाङ तिनदिने नेपाल भ्रमणका लागि भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अनुरोधमा वाङले नेपाल भ्रमण गर्न लागेका हुन् ।वाङले नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको सम्बन्ध र विभिन्न परियोजनाबारे छलफल […]

२०७८ चैत्र ११ गते, शुक्रबार