राजनीति

मिडिया मण्डलामा द्वान्दकालिन मुद्दाबारे बहस

काठमाडौं,७ बैशाख । मिडिया मण्डलाले आज काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका नेताहरुले द्वन्द्वकालिन सबै घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्रभित्र ल्याइनुपर्ने बताएका छन् । एमाओवादी नेता देवेन्द्र पौडेल र नेकपा–माओवादीका सचिव देव गुरुङले द्वन्द्वकालिन घटनाको मुद्धा अदालतमा चलाइए मुख्य पार्टीका नेता र सुरक्षा संयन्त्रका कोही पनि नबच्ने बताए । […]

२०७१ बैशाख ७ गते, आईतवार

एमाओवादीलाई सेनाको सहयोग

काठमाडौं ,६ बैशाख।एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले नेपाली सेनालाई हेलिकप्टर प्रयोग गरेबापत तिर्नुपर्ने ६७ लाखभन्दा बढी भाडा सेनाले मापदण्डबिनै छुट दिएको खुलासा भएको छ ।एमाओवादीले हेलिकप्टर चढेबापत बुझाउनुपर्ने ६७ लाख १४ हजार रुपैयाँ ड्राई भाडा (इन्धनबाहेकको शुल्क) मा सेनाले छुट दिएको हो ।राष्ट्रपति रामवरण यादवसमक्ष गत चैत २८ मा पेस गरिएको महालेखा परीक्षकको […]

२०७१ बैशाख ६ गते, शनिबार

कनकमणि फन्दामा पर्ने

काठमाडौ, ५ वैशाख : नेपालका लागि नर्वेको राजदूत केजल तर्मोड पिटरसनले कनकमणि दीक्षितको नाममा साउथ एसिया ट्रष्टलाई दिइएको रकमबारे छानविन गर्ने बताएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार विहान भएको भेटमा राजदूत केजलले ट्रष्टलाई दिइएको ६ करोड २८ लाख रकम दुरुपयोग भएको/नभएकोबारे छानविन गर्ने बताएका प्रचण्डका स्वकीय सचिव चुणामणि खड्काले जानकारी […]

२०७१ बैशाख ५ गते, शुक्रबार

सुकुम्वासी समस्या नेपालको मुख्य समस्या

काठमाडौ, ५ चैत। नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल ‘गौरव’ ले बस्ने घर र उत्पादन गर्ने ठाउँ नभएका सुकुमवासीहरुको समस्या राज्यले हल नगर्दासम्म नेपालमा परिवर्तन नहुने दावी गरेका छन् । उनले राजधानीको संवाद डवलीमा भने, ‘सुकुम्वासी समस्या नेपालको मुख्य समस्या मध्येको एक हो ।’अखिल नेपाल क्रान्तिकारी सुकुमवासी संगठनले ‘सुकुम्वासी समस्या र दर्ीघकालीन समाधान’ का सर्न्दर्भमा आयोजना गरेको […]

२०७१ बैशाख ५ गते, शुक्रबार

द्वन्द्वकालीन मुद्दा ब्युँताउनु हुँदैन : सुजाता

काठमाडौ, ३ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले द्वन्द्वकालीन मुद्दा ब्यूँताउन नहुने बताएकी छन् ।कांग्रेस निकट कर्मचारी युनियनको सम्मेलन उदघाटनका लागि सुनसरी जाने क्रममा बुधबार बिहान बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले सबैले मेलमिलापको बाटोमा अघि बढ्नुपर्ने बताइन् । ‘द्वन्द्वकालमा हामी सबैबाट केही न केही गल्ती भएको छ, अब त्यसलाई कोट्याउनु हुँदैन,’ कोइरालाले […]

२०७१ बैशाख ३ गते, बुधबार

क्रिकेट खेलाडी र क्यानबीच वार्ता हुदै

काठमाडौ, २ बैशाख । राष्ट्रिय क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ क्यान बीच आज वार्ता हुँदैछ ।आज हुने वार्तामा क्रिकेट खेलाडीबीच देखिएको समस्याका विषयमा छलफल हुनेछ । क्यानको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली राष्ट्रिय टिमका सबै १६ सदस्यले गत बिहीबार पत्रकार सम्मेलन गरेर एक दिवसीय खेल नखेल्ने घोषणा गरेका थिए ।क्यानले वार्ताका लागि उपाध्यक्ष चतुरबहादुर चन्दको […]

२०७१ बैशाख २ गते, मंगलवार

गीतकार क्षेत्रप्रताप अधिकारीको निधन

काठमाडौं, १ वैशाख। प्रशिद्ध गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको हृदयघातका कारण ७२ वर्षको उमेरमा निधन भएको छ ।शनिवार राति हृदयघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोक केन्द्रमा भर्ना गरिएको थियो ।वि. सं. १९९९ चैत मा तनहुँको मिर्लुङ गाविसको ज्यामरुक कथापानी मा जन्मिएका अधिकारीका रहर लागेर, पहाड देखि पहाड सम्म, फेरि एउटा परिवर्तन, तर देश रहिरहेछ लगायतका […]

२०७१ बैशाख १ गते, सोमबार

विस वर्षमा युरोपेली मुलुकको दाँजोमा पुग्न सकिन्छः थापा

काठमाडौ, ३०चैत । नेपालका उद्योग मन्त्री कर्णबहादुर थापाले सही रुपमा लाग्ने हो भने आगामी विस वर्षमा प्रत्येक नेपाली अहिलेको युरोपेली मुलुकको दाँजोमा पुग्ने दावी गरेका छन् । उनले संवाद डवलीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भने, ँनेपाल संभावना भएको देश हो, यहाँको हरेक पुजी उत्पादनका क्षेत्रमा लगानी गर्न जरुरी छ ।’ नेपाली पुजी अनुत्पादक क्षेत्रमा लगानी […]

२०७० चैत्र ३० गते, आईतवार

अहिलेको संविधानसभाबाट संविधान जारी हुन सक्दैनः किरण

काठमाडौं ,२८ चैत । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अहिलेको संविधानसभाबाट कुनै हालतमा संविधान जारी हुन नसक्नेठोकुवा गरेका छन् ।संसदवादी दलहरुले संविधान निर्माण गर्ने भन्दै ठोस काम केही नगरेको र जनताको आँखामा छारो हाल्ने काम मात्र गरेको उनले बताएका छन् । एकीकृत माओवादी संसदमा भएपनि भूमिकाविहीन अवस्थामा रहेको र शान्ति प्रकृयाको महत्वपूर्ण हिस्सा बाहिरै राखेर […]

२०७० चैत्र २८ गते, शुक्रबार

नेकपा–माओवादी इलामको प्रथम जिल्ला अधिवेशन सम्पन्न

काठमाडौ, २८ चैत। नेकपा–माओवादी इलामको आज सम्पन्न प्रथम जिल्ला अधिवेशनले सरिता राईलाई (सिन्धु) जिल्ला सचिवको जिम्मेवारी दिई नयाँ साङ्गठानिक संरचना तयार गरेको छ ।माओवादीले जिल्ला इञ्चार्जको संरचना हटाएर युद्धकालीन संरचना तयार पारेको हो । यस्तै १५० सदस्यबाट घटाएर ५० सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । पद मात्र ओगट्ने जिम्मेवारी वहन नगर्ने प्रवृति भएकाले सबैलाई […]

२०७० चैत्र २८ गते, शुक्रबार