राजनीति

एमाले महाधिवेशन मुल समितिको बैठक बस्दै

काठमाडौ, २७ चैत। नेकपा एमाले नवौं महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।आगामी जेठ तेस्रो साता काठमाडौमा गर्ने भनिएको महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको नेता भीम रावलले जानकारी दिए ।बैठकमा महाधिवेशनका लागि अहिलेसम्म भएका तयारीका सम्बन्धमा छलफल हुने भएको छ । एमालेमा तोकिएको समयमा महाधिवेशन गर्ने कि केही पर सार्ने भन्ने […]

२०७० चैत्र २७ गते, बिहीबार

अखिल क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा पार्टी हेडक्वाटरलाई

२६ चैत, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनबारे बिबाद भएपछी क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा पार्टी हेडक्वाटरलाई दिएको छ । बुधबारको बन्दसत्र सुरु हुनासाथ सहमतिकै आधारमा नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी सुरु भएको थियो । त्यसक्रममा केही भने निर्वाचन गरेर भए पनि नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी भएको छ । ‘करीब आधा […]

२०७० चैत्र २६ गते, बुधबार

जनअदालत ब्यूतँन सक्छ : किरण

काठमाडौं,२५ चैत । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले युद्धकालमा भएका घट्ना व्यूताँएर राज्यले धरपकड सुरु गरे जनअदालत ब्यूताउने चेतावनी दिएका छन् । हिजो सुनसरी जिल्ला सम्मेलनको इटहरीमा उद्घाटनपछि नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सरकारले धरपडक जारी राखे आफूहरु जनअदालत ब्यूँताउन बाध्य हुनेबताएका हुन् । अध्यक्ष किरणले सरकारले शान्ति सम्झैतापछि माओवादीसँग भएको सहमति र […]

२०७० चैत्र २५ गते, मंगलवार

आज जनआन्दोलन दिवस

काठमाडौं ,२४ चैत। पञ्चायती व्यवस्थाविरुद्ध ०४६ साल चैत्र २४ गते राजधानीमा उर्लिएको आन्दोलनलाई स्मरण गर्दै प्रत्येक वर्ष आजको दिनलाई नेकपा-माओबादीले जनआन्दोलन दिवसका रुपमा मनाउने गरेको छ ।तत्कालीन ‘संयुक्त जनआन्दोलन संयोजन समिति’ले ०४६ साल चैत २४ गते काठमाडौंमा आन्दोलनको घोषणा गरेको थियो । सोही दिन आन्दोलनको जनसागर नारायणहिटी दरबारतर्फ अघि बढेको थियो । त्यसको तीन दिनपछि […]

२०७० चैत्र २४ गते, सोमबार

नेमकिपामा नयाँ नेतृत्व चयन हुदै

काठमाडौ, २३ चैत । नेपाल मजदुर किसान पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा आजदेखि पार्टी नेतृत्वका विषयमा छलफल हुने भएको छ ।भक्तपुरमा जारी बन्द सत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल सकिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने नेताहरुले बताएका छन् । महाधिवेशनले पार्टीको विधान संशोधनका साथै पार्टीको नयाँ नीति तथा कार्यक्रमसमेत तय गर्ने भएको छ । महाधिवेशनमा ५० […]

२०७० चैत्र २३ गते, आईतवार

जनविद्रोहको तयारीमा छौ : किरण

काठमाडौँ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आवश्यकता परे आफ्नो पार्टीले फेरि पनि हतियार उठाउन सक्ने चेतावनी दिएका छन् । माओवादी पर्साको दोश्रो जिल्ला सम्मेलनको उदघाटन समारोहमा किरणले आफूहरु शान्ति प्रकृया र संविधान निर्माण प्रकृयाबाट बाहिर राख्ने षडयन्त्र भइरहेको बताए । सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाहरु ब्यूँत्याएर मुलुकलाई फेरि द्वन्द्वतर्फ धकेल्ने काम गरेको भन्दै उनले आफुहरु […]

२०७० चैत्र २२ गते, शनिबार

नेमकिपाको महाधिवेशनको बन्दसत्र सुरु हुँदै

काठमाडौ, २२ चैत । नेपाल मजदुर किसान पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन जारी छ ।महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र भक्तपुरको बोडेमा रहेको कृषि विकास बैङ्कको तालिम केन्द्रमा हुने नेता लिला न्याइँच्याइँले जानकारी दिए । बन्दसत्रमा विभिन्न जिल्लाका प्रतिवेदन र जनवर्गीय सङ्गठनहरूको प्रतिवेदनमाथि छलफल भएपछि पार्टीको केन्द्रीय प्रतिवेदन प्रस्तुत गरिने उनले बताए । महाधिवेशनले पार्टीको […]

२०७० चैत्र २२ गते, शनिबार

मजदुर किसान पार्टीको महाधिवेशन आजदेखि

काठमाडौँ ,२१ चैत। ‘समाजवादी गणतन्त्र, कामदार वर्गको प्रजातन्त्र’ भन्ने नाराका साथ नेपाल मजदुर किसान पार्टीको छैठौ महाधिवेशन सुरु हुँदै छ । अधिवशेनको पहिलो दिन शुक्रवार राजधानीको खुल्ला मञ्चमा उद्घाटन कार्यक्रम हुने छ । त्यसअघि विहान भक्तपुरदेखि खुलामञ्चसम्म विशाल र्‍याली प्रर्दशन गरिनेछ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसहितको नेतृत्वमा सुरु हुने र्‍यालीमा भक्तपुरको चर्चित साँस्कृत नृत्यहरूमध्ये लाखे […]

२०७० चैत्र २१ गते, शुक्रबार

अनेरास्ववियु क्रान्तिकारीको १९ औं सम्मेलन सुरुहुदै

काठमाडौ, २१ चैत। अनेरास्ववियु क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलन शुक्रबार सुरु हुँदैछ ।शैक्षिक माफियाकरणको अन्त्य सार्वजनिक शिक्षाको रुपान्तरण, राष्ट्रिय स्वाधीनता र जनसंविधानको पक्षमा १९ औं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ शुरुहुने सम्मेलनको दिउँसो एक बजे एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको गान्धी भवनमा […]

२०७० चैत्र २१ गते, शुक्रबार

पार्टी एकताको संभावना छैन : गौरब

काठमाडौ, २० चैत ।नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले एकीकृत नेकपा माओवादीसँग पार्टी एकता नहुने बताएका छन् ।नेकपा–माओवादी म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै गौरबले एकीकृत माओवादीसँग कार्यगत एकता भएपनि पार्टी एकता भने नहुने स्पष्ट पारे । उपाध्यक्ष गौरबलेएमाओवादी आफ्नो पार्टीसँग आड लागेर अस्तित्वमा रहेको बताउँदै भने ‘तत्काल पार्टी एकता हुनेवाला छैन’ […]

२०७० चैत्र २० गते, बिहीबार