राजनीति

बहिस्कार आन्दोलनमा युवाहरु ओइरिए

भक्तपुर , ११ कार्तिक ।एमाओवादी, नेपाली कांग्रेस, एमालेको चुनावी प्रचारमा हिटेका भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ता र केही स्वतन्त्र युवाहरु गरि ३ सय ७३ जना चुनावको सक्रिय वहिस्कार गरिरहेको नेकपा माओवादीमा प्रवेश गरेका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा दिपक डोटेलको नेतृत्वमा मिलन खड्का, सुमन थापा, बाँसु अधिकारी, प्रदिप खड्का, सुमन श्रेष्ठ लगायतका युवाहरुले […]

२०७० कार्तिक ११ गते, सोमबार

कार्की पार्टीको कार्यकर्ता होइनन् : माओवादी

कार्तिक १०, काठमाडौं । नेकपा–माओवादीले हितयार सहित पक्राउ परेका सुमित कार्की आफ्नो पार्टीको कार्यकर्ता नभएको बताएको छ । कार्कीलाई आफ्नो पार्टीसँग जोडेर आइतवारका केही संचारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकषर्ण भएको भन्दै नेकपा –माओवादी भक्तपुर जिल्लाले आज एक विज्ञाप्ती जारी गरी पक्राउ परेका सुमित कार्की भनिने व्यक्ति आफ्नो पार्टीको कार्यकर्ता नभएको बताएका छन् । ‘पक्राउ परेका सुमित […]

२०७० कार्तिक १० गते, आईतवार

निर्वाचन सामग्री जलाइयो

पाल्पा, १० कार्तिक – नेकपा-माओवादीका कार्यकर्ताले शनिबार पाल्पा जिल्लाको कसेनी-७ सिलाङ्गेमा निर्वाचन शिक्षा सामाग्री कब्जामा लिएर जलाइदिएका छन् । निर्वाचन प्रशिक्षकले सिलाङ्गेमा गएर सामग्री वितरण गर्ने क्रममा उनीहरुले कब्जामा लिएर जलाएका हुन् ।माओवादी जिल्ला ईन्चार्ज धीरज रानाले आफ्नो पार्टीको बहिष्कार कार्यक्रम अन्तर्गत सामग्री नियन्त्रणमा लिएर जलाइएको दाबी गरेका छन् । नेकपा-माओवादी क्षेत्र नं. २ प्रमुख […]

२०७० कार्तिक १० गते, आईतवार

माओवादीका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ

पाँचथर ,९ कात्तिक । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेकपा- माओवादी पाँचथर जिल्ला सेक्रेटरी लक्ष्मी न्यौपाने ‘प्रकाश’ लाई प्रहरीले हिरासतमा लिएको छ।सदरमुकाम फिदिमस्थित वैद्य माओवादीको कार्यालयमा रहेका न्यौपानेलाई शुक्रबार १२ बजेदेखि २२ घण्टासम्म नजरबन्दमा राखेर शनिबार विहान १० बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।केही दिनअघि कांग्रेसले गरेको चुनावी अभियानमा अवरोध […]

२०७० कार्तिक ९ गते, शनिबार

एमाओवादी र एमालेबीच दोहोरो झडप

गोरखा ,८ कात्तिक । गोरखाको स्वाँरा गाविसमा एमाओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गएराति ८ः३० बजेको समयमा भएको सो झडपमा दुवै पक्षका गरी १२ जना नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय माझथर माविका शिक्षक रामबहादुर चौधरीसमेत रहेका छन् । स्वाँरा गाविसको थारचोकमा स्थानीय क्लबले तिहारको शुभसन्ध्यामा गर्न लागेको कार्यक्रमबारे […]

२०७० कार्तिक ८ गते, शुक्रबार

उम्मेदवारको गाडी जलाइयो

पोखरा , ६ कात्तिक । एकीकृत नेकपा माओवादीको कास्की क्षेत्र नम्बर १ का उम्मेदवार विष्णु पौडेलले चुनाव प्रचारमा प्रयोग गरेको गाडी आज बिहान साढे ३ बजे अज्ञात समूहले जलाइदिएको छ । कास्कीको दुर्गम सिद्ध गाविसमा प्रचारमा पुगेको टोली वडा नं ६ स्थित छाप भन्ने ठाउँमा सुतेको बेला गाडी जलाइएको हो ।गाडी जलेको थाहा पाएपछि चुनाव […]

२०७० कार्तिक ६ गते, बुधबार

निर्वाचन सामाग्री जलाइयो

सुर्खेत, ४ कात्तिक – नेकपा–माओवादीका कार्यकर्ताले सुर्खेतमा मतदाता शिक्षा सम्वन्धी सामाग्री लुटेर जलाएका छन ।मतदाता शिक्षा सम्वन्धी सामाग्री लिएर आ–आफनो गाउ जान लागेका निर्वाचन कर्मचारीवाट लुटेका सामाग्री उनीहरुले जलाएका छन् ।राकम, घोरेटा र आग्रीगाउ गाविसवाट फिलिपचार्ट, पोष्टर, हाते पुस्तिका, नमुना मतपत्र लगायतका समाग्री लुटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । घोरेटा र आग्रीगाउँमा आइतबारराती तथा […]

२०७० कार्तिक ४ गते, सोमबार

एनआरएन अध्यक्षमा घले, उपाध्यक्षमा भट्ट

काठमाडौं, ४ कात्तिक । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा शेष घले तेन्जी शेर्पालाइपराजित गर्दै ६० प्रतिशतभन्दा बढि मत ल्याएर बिजयी भएका छन् । यसैगरी उपाध्यक्षमा जापानका भवन भट्ट र टिबी कार्की बिजयी भएका छन भने महासचिवमा जर्मनीका कुमार पन्त, कोषाध्यक्षमा रसियाका बद्री केसी निर्वाचित भएका छन । यस्तै युरोप संयोजकमा अर्जुन श्रेष्ठ र […]

२०७० कार्तिक ४ गते, सोमबार

लोकमान विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध सर्वोच्च अदालतमा निबेदन परेको छ । गोरखको गोरखकाली मन्दिरमा दर्शन क्रममा त्यहाँ पुगेका बेला प्रहरीबाट गोडा धुवाएकोमा उनी बिरुद्ध सर्वोच्चमा निबेदन परेको हो ।प्रहरीलाई गोडा धुवाउनु अमानवीय काम भन्दै बाबुराम घिमिरे र पर्वतराज घिमिरेले यस्ता काम नगर्न, नगराउन र कार्की माथि कारबाही […]

२०७० कार्तिक ३ गते, आईतवार

गैरआवासीय नेपाली सङ्घ निर्वाचन गर्दै

काठमाडौँ, ३ कात्तिक । गैरआवासीय नेपाली सङ्घको छैटौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुदैछ । अध्यक्षका लागि तेन्जी शेर्पा र शेष घले लगायत अन्य ५ जनाले उमेद्वारी दिएका छन् ।महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि भोली र पर्सि छैटौँ गैरआवासीय नेपाली विश्व सम्मेलन हुनेछ । महाधिवेशनमा ५० मुलुकमा रहेका एक हजार ३०० भन्दा बढी […]

२०७० कार्तिक ३ गते, आईतवार