राजनीति

राष्ट्रिय सडक सुरक्षा सम्मेलन हुँदै

काठमाडौ, ५ पुस । आजदेखि राजधानीमा राष्ट्रिय सडक सुरक्षा सम्मेलन हुँदैछ । सम्मेलनमा सडकमा हुने यातायातका साधन दुर्घटना न्यूनिकरणको बारेमा छलफल हुने बताइएको छ ।दुई दिने सम्मेलनमा सरकारी तथा गैरसरकारी शिक्षण संस्थाका विद्यार्थी, पेसाकर्मी र शैक्षिक संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहनेछ । नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टमा हुने सम्मेलनको बिहान ९ बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री छविराज […]

२०७० पुष ५ गते, शुक्रबार

माओवादीलाई संविधानसभाको प्रक्रियामा ल्याउ: खुर्सिद

काठमाडौं,३ पुस – भारतीय विदेशमन्त्री सलमान खुर्सिदले संविधानसभाबाहिर रहेका नेकपा-माओवादीसहितका राजनीतिक दललाइ संविधानसभाको प्रक्रियामा ल्याउनुपर्ने सुझाव दिएका छन् ।नेकपा-माओवादीसहितका केही दल हाल संविधानसभा प्रक्रियाबाट बाहिर रहेकोतर्फ संकेत गर्दै मन्त्री खुर्सिदले समानुपातिक नामावली तयारीको चरणमा यो सहभागितालाई ख्याल गर्न सुझाएका हुन् । विदेशमन्त्री खुर्सिदले यो धारणा राखेलगत्तै विदेशसचिव सुजाता सिंहले पनि सबै दलको संविधानसभामा सहभागिता रहन […]

२०७० पुष ३ गते, बुधबार

समानुपातिक सभासदको नामावली बुझाउन सात दिन थप

काठमाडौं, १ पुस ।निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका सभासदको नामावली बुझाउन दलहरुलाई थप एक साताको समय दिएको छ ।आयोग प्रवक्ता वीरबहादुर राईले समानुपातिकर्फको नामावली बुझाउन पुस १० गतेसम्मको समय प्रदान गरिएको जानकारी दिए । दलहरुको आग्रहमा कार्यविधि संशोधन गरी समानुपातिक सभासदको समयसीमा थपिएको उनले बताए । त्यसअघि सोमबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समिति बैठकको निर्णयअनुसार दलहरुले […]

२०७० पुष १ गते, सोमबार

एमाओवादीका दर्जनौ कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं,१ पुष । कास्की जिल्लाका करीब दुई दर्जन एमाओवादी कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपा-माओवादीमा प्रवेश गरेका छन् । यसरी नेकपा-माओवादी पार्टीमा समाहित हुने एमाओवादी कार्यकर्ताहरुमा एकीकृत नेकपा माओवादी कास्कीका सदस्य यमप्रसाद नेपाल समेत रहेका छन् । उनको साथमा प्रकाश दुलाल, जीवन पौडेल, कुमार गिरी, सोमनाथ अधिकारी, शिवप्रसाद लामिछाने र कृष्णबहादुर कोइराला समेत करीब दुई दर्जन […]

२०७० पुष १ गते, सोमबार

फेरी सीमा मिचियो

काठमाडौं,३० मंसिर । भारतले नेपालको पुर्बी क्षेत्रमा पुन सिमा मिचेको छ ।सिमा मिच्ने क्रममा ताप्लेजुङ र भारतको सिमानामा रहेको ३२ नम्बरको सीमा स्तम्भ पहिले गडिएको स्थानबाट करिब दुई मिटर नेपाली भूमिमा सारिएको पाइएको छ । सीमा स्तम्भ सार्न र चोरी, तस्करी बढ्न थालेपछि स्थानीयले भारतको ताप्लेजुङसँग जोडिएको पूर्वी सीमावर्ती कालीखोला गाविसदेखि इलामको जिर्मलेसम्मको १ सय […]

२०७० मंसिर ३० गते, आईतवार

महानगर १९ औं स्थापना दिवस मनाउदै

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले आज १९ औं महानगर दिवस मनाउँदैछ ।दिवसको अवसरमा महानगरपालिकाले विविध कार्यक्रमको आयोजना गर्दै छ । माहानगरपालिकाको विविध गतिविधिलाई समेटेर १९औं महानगर दिवस स्मारिका २०७० पनि प्रकाशन गरिने भएको छ ।विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा महानगरवासीको इच्छाअनुसार सेवा सञ्चालनमा कठिनाई भैरहेको माहानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिका […]

२०७० मंसिर २९ गते, शनिबार

एमाओवादी संविधानसभामा जान्छ : प्रकाश

काठमाडौं, २६ मंसिर। एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले शान्ति र संविधान निर्माण प्रक्रिया निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो दल एमाओवादी संविधानसभाभित्रै रहने बताएका छन्। उच्चस्तरीय राजनीतिक समितिको बैठकले आफूहरू संविधानसभाभित्रै रहने सकारात्मक वातावरण बनाउने पनि उनले बताए।कांग्रेस र एमालेको विजयले आफूहरूका अग्रगामी राजनीतिक अजेन्डा नयाँ बन्ने संविधानमार्फत संस्थागत हुन्छन् कि हुँदैनन् भन्नेमा चिन्ता लागेको उनको […]

२०७० मंसिर २६ गते, बुधबार

बारको बैठक बस्दै

बारको बैठक बस्दै चितवन, २५ मंसिर । नेपाल बार एसोसिएसनको ४१ औं कार्यकारणी परिषदको बैठक चितवनमा हुँदैछ ।प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले एक समारोहका बीच उद्घाटन गर्ने सो कार्यक्रम आज बिहान ११ बजेपछि भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा हुने छ । बैठकमा देशभरका ८६ वटा बार एसोसिएसनका करिब एक हजार प्रतिनिधि सहभागी हुने छ ।बैठकको कार्यबाहक रहेको चितवन […]

२०७० मंसिर २५ गते, मंगलवार

६५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइदै

काठमाडौं,२५ मंसिर ।आज ६५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस , नेपालमा मानवअधिकारका लागि संगसंगै नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सरकारका तर्फबाट कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरिएका छैनन् । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाप्रति शोक व्यक्त गर्न तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय अनुसार २३ गतेदेखि मंगलबारसम्मका लागि तय भएका […]

२०७० मंसिर २५ गते, मंगलवार

भ्रष्टाचार विरुद्धको दिवस मनाईदै

काठमाडौ, २४ मंसिर – आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस , ‘शून्य भ्रष्टाचार शतप्रतिशत विकास’ नाराका साथ मनाइंदैछ ।नेपालमा भने दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति शोक व्यक्त गर्दै मंगलबारसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेकाले दिवसका अवसरमा सरकारले कुनै कार्यक्रम आयोजना गरेको छैन ।संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेपछि […]

२०७० मंसिर २४ गते, सोमबार