समाज

सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

काठमाडौँ । सिन्धुलीको सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक कैदी बन्दीकोे मृत्यु भएको छ । दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीय छोरा विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ । तिहारमा कारगारमा रहेका कैदी बन्दीहरुसंग बेलुकी देउसी खेलेर सुतेका उनी एक्कासी बिरामी भएर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए […]

२०८० कार्तिक ३० गते, बिहीबार

अन्तराष्ट्रिय सहनशीलता दिवस मनाइदै

काठमाडौँ । आज नोभेम्बर १६ अर्थात अन्तराष्ट्रिय सहनशीलता दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । ९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो ।नरसंहारका पीडित परिवारहरूले द्वन्द्व रोकथाम, मानव अधिकारको […]

२०८० कार्तिक ३० गते, बिहीबार

जनकपुरधाममा छठको तयारी शुरु

काठमाडौँ । दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर […]

२०८० कार्तिक २९ गते, बुधबार

बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड

काठमाडौँ । आज कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका । आज भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड रहेको छ । भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो ।बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ । सो मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर […]

२०८० कार्तिक २९ गते, बुधबार

आज म्हःपूजा

काठमाडौँ । आज नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४को पहिलो दिन म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ । समग्र देवता, उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्न प्रेरित गर्ने पर्वको रुपमा म्हःपूजा गर्ने गरिन्छ । आत्मशान्तिका लागि यस दिन तान्त्रिक विधिपूर्वक आफ्नो शरिरलाई पूजा गर्ने परम्परा रही आएको छ ।म्हःपूजाका दिन […]

२०८० कार्तिक २८ गते, मंगलवार

हजयात्राका लागि आवेदन दिने म्याद थप

काठमाडौँ । नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको जनाएको छ । हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पुर्‍याइएको जानकारी दिए ।कार्यवाहक अध्यक्ष मियाँले […]

२०८० कार्तिक २६ गते, आईतवार

आज कुकुर तिहार र लक्ष्मी पूजा

काठमाडौँ । आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ ।पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ ।आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा(भक्तिपूर्वक मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा […]

२०८० कार्तिक २६ गते, आईतवार

चिसोका कारण भूकम्पपीडितको मृत्यु

काठमाडौँ । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।अत्यधिकरुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय […]

२०८० कार्तिक २५ गते, शनिबार

महागुरु फाल्गुनन्द जयन्ती मनाइँदै

काठमाडौँ । आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थियो । जसलाई सत्य […]

२०८० कार्तिक २५ गते, शनिबार

आज काग तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि […]

२०८० कार्तिक २५ गते, शनिबार