समाज

काठमाडौंको फोहोर उठाउने सहमति (सहमति-पत्रसहित)

काठमाडौं । काठमाडौंको फोहोर उठाउन १८ बुँदे सहमति भएको छ । सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर लैजान पाइने छ । आजदेखि फोहोर विसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने छ । सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने सहमति भएको छ ।फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिने […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

आज निर्जला एकादशी

काठमाडौं । आज निर्जला एकादशी । औषधीजन्य गुणले युक्त विरुवा तुलसीको दल राखेर मनाउँने गरिन्छ । जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ–आफ्ना घरका मठमा तुलसीको बिऊ छर्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिऊ राख्ने गरिन्छ । शुक्रबार छरेको बिऊबाट […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

फोहोरले सरुवा रोग, महामारी निम्त्याउने चेतावनी

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा सरुवा रोगका बिरामी बढ्न थालेका छन् । वर्षाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर कुहिएर दुषित बनेपछि झाडापखालालगायत सरुवा रोग बढेको चिकित्सकहरु बताउँछन् । सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा दिनप्रतिदिन झाढापखालाका बिरामी बढन् थालेको अस्पतालका सूचना अधिकारी नवराज […]

२०७९ जेष्ठ २६ गते, बिहीबार

नारायणगढ मुग्लिन सडक अवरुद्ध

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जनाएको छ । पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुधबार बस चढेका यात्रुहरू अलपत्र परेका छन् । अवरुद्ध भएको सडक २ ओटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेता पनि […]

२०७९ जेष्ठ २६ गते, बिहीबार

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। स्थानीयले काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडामा फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा दुईबीचमा झडप भएको हो । स्थानीयले फोहोर फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । अहिले बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालित रहेका छन् । स्थानीयहरु […]

२०७९ जेष्ठ २५ गते, बुधबार

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न तथा भत्काउन रोक

काठमाडौं । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक लगाउने जनाएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै सडक विभागले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने निर्णय गरेको हो । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा […]

२०७९ जेष्ठ २५ गते, बुधबार

फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ जना पक्राउ

काठमाडौँ । काठमाडौंको फोहोर बोकेर बन्चरेडाँडामा पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको छ । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ […]

२०७९ जेष्ठ २४ गते, मंगलवार

अछामका सिडियो र डिएसपीलाई निलम्बन गर्न माग

काठमाडौं । अछामका स्थानीय राजनीतिक दलहरूले प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासिनी र डिएसपी रविराज थपलियालाई तकाल निलम्बन गरि कालिकास्थानका १६ वर्सिय युवा विनोद शाहिको हत्याको अनुसन्धान प्रकृयालाई अगाडि बढाउन माग गरेका छन। गत जेष्ठ १७ गते डिएसपी रविराज थपलियासहितको प्रहरी टोली द्वारा राती ११:३०बजे स्थानीय गर्ववती महिला , वृद्ध र केटाकेटी माथी हातपात र खानतलासी […]

२०७९ जेष्ठ २४ गते, मंगलवार

स्थानीयद्वारा बन्चरेडाँडामा फोहोर फाल्न रोक

काठमाडौं । आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । […]

२०७९ जेष्ठ २४ गते, मंगलवार

बस दुर्घटना : ९ जनाको मृत्यु, २४ घाइते

काठमाडौँ । आज बिहान पौने ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अहिले पनि उद्धार कार्य भइरहेको छ । अहिलेसम्म ३३ जनालाई भीम अस्पताल भैरहवा र मेडिकल […]

२०७९ जेष्ठ २२ गते, आईतवार