जलेश्वर कारागारका एक कैदीको मृत्यु !
काठमाडौँ । महोत्तरीको जलेश्वर कारागारमा धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको छ । अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए […]
२०८१ माघ २० गते, आईतवार