समाज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, २७ मंसिर । मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो […]

२०७४ मंसिर २७ गते, बुधबार

हिमाली जिल्लाहरुमा हिमपात

काठमाडौं , २६ मंसिर । हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा, ताप्लेजुङ, दार्चुलालगायतका हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको छ । गएरातिबाट पानी परेसँगै विहानैदेखि हिमपात भईरहेको छ । हुम्लामा भने सदरमुकाम सिमकोटमै हिमपात भएको छ । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका हिमाली भेगका किसानलाई हिमपातले […]

२०७४ मंसिर २६ गते, मंगलवार

सवारी दुर्घटना, एकजना गम्भीर घाइते

काठमाडौं, २६ मंसिर । राजधानीमा गएराति भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । बालाजुबाट ढुंगेधारा जाँदै गरेको अवस्थामा राति ९ः४५ बजे ट्याक्सीलाई निजी पिकअपले ठक्कर दिएपछि मोटरसाइकलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक युवक घाइते भएका हुन् । प्रहरीका अनुसार पाल्पा घर भएका वर्ष ३० खेमबहादुर बुढाथोकी घाइते भएका हुन् । उनको टाउको […]

२०७४ मंसिर २६ गते, मंगलवार

महावीर पुनलाई ‘रोटरी सर्भिस अवार्ड’

काठमाडौँ, २५ मंसिर । रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ । अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई लाख राशिसहितको ‘रोटरी सर्भिस अवार्ड –२०१७’ प्रदान गर्न लागिएको क्लबका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए । क्लबको रजत जयन्तीको अवसरमा मंसिर २८ […]

२०७४ मंसिर २५ गते, सोमबार

महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन

काठमाडौं, २४ मंसिर । राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न सहयोग पुर्‍याउने उद्देश्यले ११४५ नम्बरको निःशुल्क हेल्पलाइन प्रारम्भ गरेको छ । यो हेल्पलाइन २४सै घन्टा सन्चालनमा रहने छ । १६ दिने महिला हिंसाविरुद्धको अभियान समापनका अवसरमा आइतबार सो हेल्पलाइन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले शुभारम्भ गरेका हुन् । उनले महिलामाथि हुने सबै प्रकारका […]

२०७४ मंसिर २४ गते, आईतवार

फेरि भूकम्प !

काठमाडौँ, २२ मंसिर । दोलखाको जिरी केन्द्रविन्दु भई भूकम्पको परकम्प गएको छ । आज बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिए । दोलखा सदरमुकाम चरिकोटनजिक केन्द्रविन्दु रहेकाले उक्त क्षेत्रमा ठूलो धक्का महसुश भएको जनाइएको छ । वैशाख १२ […]

२०७४ मंसिर २२ गते, शुक्रबार

यस्तो घरमा कहिल्यै धनको कमी हुनेछैन !

काठमाडौं, २१ मंसिर । शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ । पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन : घर बनाउनलाई जमिन किन्दा वरपरको […]

२०७४ मंसिर २१ गते, बिहीबार

काठमाडौंमा बम आतंक !

काठमाडौँ , २१ मंसिर । बिहान ७ बजेबाट मतदान सुरु भएसंगै काठमाडौँका बिभिन्न स्थान मा बम फेला पर्न थालेका छन । यसै क्रममा नागार्जुन नगरपालिकाका ६ ओटा मतदान केन्द्रमा बम भटिएको छ । काठमाडौँको नागार्जुन नगरपालिका ६ रामकोटस्थित सिताराम स्कुलको मतदान केन्द्रमा बम देखिएको त्यहाँबाट स्थानीय हरहर काफ्लेले जानकारी दिएका छन् । त्यस स्थानलाई अहिले […]

२०७४ मंसिर २१ गते, बिहीबार

बाबुको रिसमा छोराले घरमै आगो लगाए

काठमाडौं, २० मंसिर । मोरङको बेलबारी नगरपालिका–८ मा मंगलबार दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन् । बेलबारी नगरपालिका–११ बस्ने केवालाल राजबंशी र निजको छोरा ३४ बर्षिय कुमार राजबंशीबीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका थिए । आगो सल्किएर राजबंशीको दुई तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा ६ […]

२०७४ मंसिर २० गते, बुधबार

मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

काठमाडौं, १९ मंसिर । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन र […]

२०७४ मंसिर १९ गते, मंगलवार