‘बुद्धजँग’ अवतारको जन्म हुँदैछ

‐कलमवीर २०७९ श्रावण १७ गते, मंगलवार


सानोमा बुढापाकाले आशिर्वाद दिदा,
बुद्ध बनेस्, गान्धि बनेस् भन्थे,
यहि विश्वासमा म पनि,
त्यही पथ अनुसरण गर्दै आएँ ।
मैले गान्धी बन्न खोजेें,
मैले बुद्ध बन्न खोजेेंं ।

झल्याँस्स एउटा उक्ति याद आयो,
म त यस्तो देशमा जन्मेको छुँ,
जहाँ बुद्धजँग स्वरुपको जन्म हुन जरुरी छ,
यहाँ जस्तोलाई तस्तो हुनै पर्छ,
ईटको जवाफ पत्थरले दिनै पर्छ ।

जीवन भोगाइको यो कालखण्डसम्म आउँदा,
मैले गाइ सरीका साधु, नाङ्गा अनि भोका पनि देखें,
अरुको रगतपसिना चुस्ने मानवरुपी जुका पनि देखें,
गाई सरीका साधुहरुका लागि बुद्ध,
अरुको रगत पसिना चुुसेर मातेका,
पाखण्डी जुकाहरुका लागि जँग,
हो यहि वास्तविकताको पर्दा उघार्न,
म पनि बुद्धजँग बन्दै छँु,

मलाई विश्वास छ तत्पश्चात्,
परजीवि जुकाहरुको धुलोपिठो पार्दै,
गाईसरीका साधुहरुको रक्षार्थ,
म जस्तै कैयौं बुद्धजँग अवतारहरु जन्मिने छन्,
यो सम्भव छ, किनकि सत्यको जीत सम्भव छ ।।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार