आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाइदै

२०८१ असार २९ गते, शनिबार


काठमाडौँ । आज २११ औँ भानुजयन्ती अर्थात नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन।आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए।

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदैछ । सो अवसरमा उहाँका रचना वाचन गर्ने गरिन्छ ।
आदिकवि आचार्यको जन्मजयन्तीमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उहाँको स्मरण गरिएको छ । आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रश्तुत गर्नुभएको थियो । आदिकविले रचना गरेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार