थोत्रो नौमती

रमेश सी विक्रान्त २०८१ श्रावण ५ गते, शनिबार


क्रान्ति र क्रान्तिकारीविरुद्ध
थोत्रो नौमती बजाउनु मुर्खता हो
सौदाबाजी गर्नु भुल हो
त्यसैले कमरेट
त्यसैले कमडेड
बरालिनु हुदैन विना लक्ष
छुट्टिनु हुदैन अचेतमा
उफ्रनु हुदैन कम वजनले
कतै पुर्याउदैन रोदनले
यहीँ भन्छ महापतनले

तिमी भागेर गयौं
हामीबाट आकाश खसाल्छु भनेर
थाक्दासम्म
हाम्रा विरुद्धमा
बजाउनु बजायौ
तिम्रो थोत्रो नौमती
हामी गम्भीर भयौ
क्रान्ति पक्षधरमा
हामी विश्वस्त दृढ भयौ
हाम्रो रणनीतिमा
त्यसैले त
तिमीले थोत्रो नौमती
बजाएको वास्ता नगरी
कोदालो बोक्यौ,धान रोप्यौ
आत्मनिर्भर बनेर पार्टी चलायौ
तिम्रो आत्मरति र आत्मरक्षाको बेला
हामी अभिभावक बनेर
नेतृत्व गर्दैछौं नेपाली कम्युनिस्टको
हामी नेतृत्व गर्दैछौं
नेपाली विशेषताको समाजवादको
आउ बरु सचेत भएर
एकीकृत जनक्रान्तिको बाटोमा
अनिश्चय,रक्षा ,सम्भावना र रुपान्तरणलाई
आत्मसात गरेर
कमरेट र कमडेडको
थोत्रो नौमतीले
बिचल्ली बनाउछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार