शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

२०८१ श्रावण १७ गते, बिहीबार


काठमाडौँ । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । गुरुदेव कामतको आजै अन्त्येष्टि गर्ने बताइएको छ ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु